३३ किलो सुन काण्ड : उच्च अदालत विराटनगरका पाँच  न्यायाधीशहरु कारबाहीमा

माेरङ / ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएका उच्च अदालतका पाँचजना न्यायाधीशलाई एकैपटक कारवाहीमा परेका झन् । साढे ३३ किलो सुनकाण्डमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा रिहा गर्न आदेश दिने उच्च अदालत विराटनगरका पाँच न्यायाधीस न्याय परिषद्मा काज सरुवा गरिएको छ ।

काज सरुवामा पर्नेहरुमा न्यायाधीश नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल रहेका छन् । उनीहरुलाई बिहीवार काज सरुवा पत्र थमाइएको छ । उच्च अदालतका न्यायाधीशहरु यति ठूलो संख्यामा एकैपटक कारबाहीमा परेको यो पहिलो घटना हो ।

३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

 

३८ क्वीन्टल सुन तस्करी प्रकरण : एसएसपी खत्री र एयरलाइन्सका कर्मचारी डंगोललाई थुनामै राख्‍न आदेश

उच्च अदालत विराटनगरले ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका विवादस्पद एसएसपी श्यामबहादुर खत्रीलाई थुनामै राख्ने आदेश दिएको छ । उच्च अदालतमा मुख्य न्यायधीश डा. कुलरत्न भुर्तेल र न्यायाधीश जनक पाण्डेको इजलासले विवादास्पद एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई बिहीवार थुनामै राख्न आदेश दिएको हो ।

विवादास्पद छविका खत्रीले त्रिभुवन विमानस्थलमा कार्यरत रहदा ड्राइभर बिष्णुबहादुर खड्का र सहयोगी अमरबहादुर थापामगरलाई प्रयोग गरी चूडामणि उप्रेती गोरेको समूहले दुवईबाट भित्राएको सुन एयरपोर्टबाट कटाउने काम गरेका थिए । खत्रीले एयरपोर्टबाट सुन कटाए वापत प्रतिकिलो ४६ हजार रुपैयाँ लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । डंगोलले भने एयरपोर्टमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो ।

जिल्ला अदालत मोरङका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले डंगोललाई गत जेठ ८ गते र खत्रीलाई जेठ २९ गते पुर्पक्षकालागि थुनामा राख्न आदेश दिएको थियो । सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको छानविन समितिले मोरङ प्रहरीमार्फत गत बैसाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्धा दायर गरेको थियो ।
सो मुद्दामा १७ अर्व १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम ( करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावी गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया