होटल ब्यवसायी संघ इटहरीले गर्याे मिडियाको लोगो दुरुपयोग

ईटहरी । होटल ब्यवसायी संघ इटहरीले  आयोजना गर्न लागेको फुड फेस्टिबलको प्रचारमा मिडियाको लोगो दुरुपयोग गरेको छ । होटल एसोसिएसन अफ इटहरीले आयोजना गर्ने भनिएको उक्त फुड फेस्टिबलमा पुर्वेली मिडिया नेटवर्कद्धारा सञ्चालित पुर्बेली न्युजको लोगो दुरुपयोग गरेकाे हो ।

अहिले सम्म सो संस्थाले आधिकारिक रुपमा आफुलाई खबर नगरेको र लोगो प्रयोग गर्ने अनुमति समेत नलिई प्रचार सामाग्री बनाई अफिसियल मिडिया भन्दै लोगो दुरुपयोग गरेको पूर्वेली मिडिया नेटवर्क प्रा.लि का अध्यक्ष  सुरेश दाहालले बताए । सोही बिषयमा आयोजक संस्थाका अध्यक्ष जिवन पराजुली सँग सम्पर्क गर्दा उनले आफुलाई याे बिषयमा थाहा नभएको र यसबारे दिपक पाेखरेलसंग सम्पर्क गर्न बताए ।

लाेगाे दुरूपयाेग सम्बन्धमा पाेखरेलसंग  कुरा गर्दा उनले आफु , आफ्नाे संस्थाबाट गल्ली भएकाे स्विकारेका छन् । यसरी बिना अनुमति र बिना जानकारी कुनै पनि संस्थाकाे लाेगाे दुरुपयोग गर्नु गलत भएको पूर्वेली मिडिया नेटवर्क प्रा.लि का अध्यक्ष  सुरेश दाहालले बताएका छन ।

 

 

तपाईको प्रतिक्रिया