२९औं प्याब्सन दिवसः भलिवल उपाधि नवज्योती र मेची सेन्टमेरिजलाई, दिनेश र कोसिस सर्बोत्कृष्ट खेलाडी

ताप्लेजुङ / निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन प्याब्सन ताप्लेजुङको आयोजनामा खेलकुद प्रतियोगीता विहीवार सम्पन्न भएको छ । २९औं प्याब्सन दिवसको अवसरमा आयोजित पूरुष भलिबल उपाधि नवज्योती आवासिय माविले चुमेको छ । नवज्योतीले कंञ्चन एकेडेमीलाई सोझो सेटमा पराजित गरेको हो । महिला भलिबलको उपाधि मेची सेन्ट मेरिजले जितेको छ । सेन्टमेरिजले अक्सफोर्ड मोडल आवासिय माविलाई सोझो सेटमा पराजित गरेको हो ।

शिक्षक भलिबलको उपाधि भने कंञ्चन एकेडेमीले उचालेको छ । नवज्योतीलाई फाइनलमा पराजित गर्दै एकेडेमीले उपाधि उचालेको हो । यसैबिच प्रतियोगीताको पुरुष भलिबलतर्फ नवज्योतीका दिनेश चोङवाङ र अक्सफोर्डकी कोसिस ओझा सर्वोच्कृष्ट खेलाडी घोषित भए । शिक्षिकाहरुबिचको म्यूजिकल चियरमा लिटल बुद्धकी डोङगा लामा प्रथम,कंञ्चनजंघा बोर्डिङ स्कुलकी अनिशा तामाङ दोश्रो र कंञ्चन एकेडेमीकी लक्ष्मी भट्टराई तृतीय भइन् । यसैगरि बोतलमा पानी भर्ने खेलमा कंञ्चन एकेडेमीकी शिक्षिक लक्ष्मी भट्टराई प्रथम,ताप्लेजुङ सिद्धार्थ एकेडेमीका तुलसा सुनवार दोश्रो र पिपुल्स बोर्डिङकी कुमारी लङवा तेश्रो भइन् ।

विजयी टिमलाई फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल,जिल्ला खेलुकद विकास समिति अध्यक्ष तेजप्रताप सुब्बा,प्याब्सन केन्द्रिय सदस्य यूवराज गीरी,प्याब्सन प्रदेश नं. १ सदस्य दिनेश प्रसाई डोलेश्वर,प्याब्सन प्रदेश १ सल्लाहाकार काजीमान पालुङवा,जिल्ला व्याडमिन्टन सँघ अध्यक्ष शिव कुमार गुरुङ,भलिवल सँघ उपाध्यक्ष विमल भण्डारी,जनप्रतिनिधि सुरेश सिंघक लगायत अतिथिले ट्रफी,मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरे ।

यसैबिच २०७४ को एसर्ईई परिक्षामा जिल्लामा सामुदायिक÷संस्थागत विद्यालयबाट सबैभन्दा बढि अङ (३.९० जीपीए) ल्याउन सफल आशिष श्रेष्ठलाई सम्मान गरेको छ । लिटल बुद्ध आवासिय माविका श्रेष्ठलाई प्याब्सन अध्यक्ष दिनेश भट्टराईले सम्मान पत्रसहित नगद ५ हजार प्रदान गरे । यसैगरि २०६४ देखि हाङदेववा क्यू लर्निङ स्कुलमा कार्यरत शिक्षिक कल्पना लावुङलाई प्रमुख अतिथि तथा मेयर प्याकुरेलले नगद ५ हजारसहित सम्मान पत्र प्रदान गरे । कार्यक्रमलाई संम्बोधन गर्दै प्रमूख अतिथि तथा मेयर प्याकुरेलले संस्थागत विद्यालयले पढाउने बाहेक विद्यार्थीबिच विभिन्न विद्यामा कार्यक्रम गरेकोमा धन्यबाद दिए ।

मेयर प्याकुरेलले भने,“नगरको शिक्षा संम्बन्धि निर्णय गर्ने क्रममा प्याब्सनसँग हातेमालो गर्छौ । यसमा ढुक्क भए हुन्छ ।” प्याब्सन अध्यक्ष भट्टराईले विद्यालयले उत्पादन गरेका खेलाडीको भविष्यप्रति नगर सरकारको ध्यान जानुपर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले भने,“विद्यार्थीको प्रतिभा कायम राख्न नगरसरकारको योजना बन्नुपर्छ । नगरपालिकाले प्याब्सनबाट चाहेको भूमिका निर्वाह गर्न हामी तयार छौ ।”

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

पाथीभरा पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि आज पुलिस र आर्मी भिड्ने

ताप्लेजुङमा कार दुर्घटना, दुई घाईते (तस्विरहरू सहित)

ताप्लेजुङमा १६ वर्षिय बालिकालाई पटक पटक बलात्कार गर्ने तीन पुरुष पक्राउ

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

तपाईको प्रतिक्रिया

Loading…