तपस्वी रामबहादुर बम्जनको आश्रममा प्रहरीको छापा

काठमाडौंः तपस्वीको रुपममा चर्चा कमाएका रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ। सिन्धुपाल्चोक प्रहरी र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोलीले उनको बोडेगाउँस्थित आश्रममा शुक्रबार छापा मारेको हो। बारामा तपस्या गरेर चर्चा कमाएका उनले देशका विभिन्न ठाउँमा आश्रम संचालन गरिरहेका छन्। उनको आश्रममा तपस्या गर्न पुगेकाहरु आश्रमबाटै हराएको भन्दै प्रहरीमा उजुरी परेपछि उनीमाथि अनुसन्धान सुरु भएको हो। विहिबार जिल्ला अदालत सिन्धुपाल्चोकले उनको आश्रममा छापा मार्न अनुमति दिएको थियो। उनीमाथि आश्रममा पुगेकाहरुलाई वेपत्ता पारेको तथा केहीको हत्या गरेको समेत आरोप लागेको छ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…