आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

बेलबारी । कुलुङ जातिलाई आदिबासी जनजातिमा सुचिकृत गरिनुपर्ने र अन्य समुदायलाई झै यो जातिका चाडपर्वमा समेत सरकारले सम्बोधन गर्नुपर्ने कुलुङ महिला संघकी केन्द्रिय अध्यक्ष कञ्चन कुलुङले माग गरेकी छिन ।
केही दिनअघि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अन्य जातजातिको पर्वमा शुभकामना दिएको तर आफुहरुको महान पर्व (चाकचाकुर ) मा भने यो जातिलाई सम्बोधन नगरेको भन्दै असन्तुष्टि जनाईन । उनले ३ लाखको हाराहारीमा रहेको यो जातिलाई समेत आदिबासी जनजाति समुदायमा सुचिकृत गरिनुपर्ने र आफुहरुलाई सम्बोधन गरिनुपर्ने बताईन ।
कुलुङ जातिलाई भरिया वा ढाकरेका रुपमा चिनिएको र केही टाठाबाठाहरु राई बनेको भन्दै उनले आफनो जातिको पह्चिानका लागी लागिपर्नुपर्ने बताईन । आफनो जातिका मानिसहरु कुलुङ भन्न लजाउने र हिनताबोध गर्ने गरेका कारण आफुहरु पछि परेको समेत उनले बताईन । किरात राई यायोख्खा कारण आफुहरु आदिबासी जनजातिमा सुचिकृत हुन नसकेको उनले बताईन ।
यो जातिलाई अन्य जातिलाई झै आदिबासी जनजातिमा सुचिकृत गरिनुपर्ने र सम्बोधन गरिनुपर्ने उनको माग थियो । यसैबिच प्रदेश १ का मुख्यमनत्री शेरधन राईले चाकचाकुर पर्वको शुभकामना ब्यत्त गरेका छन । यो जातिले यहि पुष २१ गते बेलबारीमा चाकचाकुर पर्ब मनाउने तयारी गरेको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…