यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

मोरङ । पुर्वाञ्चल बिश्वबिद्यालयको सुन्दरहरैचास्थित गोठगाँउमा सयौँ बिगाह जमिन र प्रशस्त भवनहरु समेत छन । आबश्यक सम्पुर्ण पुर्बाधारहरु सोही ठाँउमा निर्माण भएपनि सो ठाँउमा बिश्वबिद्यालयले कार्यलय नसार्दा संरचनाहरु भत्किएर जिर्ण बनेका छन । आफ्नै प्रशस्त जग्गा र संरचना हुँदाहुँदै पुर्वाञ्चल विश्वविद्यायले बिहिबार बिराटनगरमा भाडाको घरमा रजत महोत्सव मनाएको छ । सुन्दहरैचा नगरपालिका स्थित गोठगाँउमा रहेको विश्वविद्यालयको आफ्नै भवनमा कार्यक्रम नगरी बिराटनगरमा भाडामा रहेको भवनमा महोत्सब गरेको भन्दै आकस्मिक नगर कार्यपालिकाको बैठक बसी सुन्दरहरैचा नगरपालिकाले खेद प्रकट समेत गरेको छ । बिवादका चरम असन्तुष्टिका बिच पनि विराटनगर १ पुष्पलाल चौक स्थित अहिले केन्द्रिय कार्यालय रहेको भवनमा कार्यक्रम भएको छ ।

बि.स २०५० सालमै विश्वविद्यालयको जग बसाउन भनेर गोठगाउँमा छुट्याइएको ८ सय ५ विगाहा जमिनमा धेरै संरचना समेत छन। सो क्षेत्र अहिलेको सुन्दरहरैचा नगरपालिकाको ७,८ र ९ नम्बर वार्डमा पर्दछ । आफनै संरचनामा गौरवमय रजत महोत्सव मनाउनुको सट्टा भाडाको कुनै भवनमा कार्यक्रम गर्न लागिएको भन्दै सुन्दरहरैचा नगरपालिका मेयर शिवप्रसाद ढकाल सहित अन्य ब्यत्तिहरुले समेत त्यस्तो निर्णयप्रति खेद व्यक्त गरेका छन ।

विश्वविद्यालयका पदाधीकारी र पुर्व पदाधीकारी समेत गोठगाउँमा विश्वविद्यालय सञ्चालन गर्न नदिन र विश्वविद्यालयलाई थिलथिलो बनाउन लागीपरेको स्थानीय बताउँछन । राष्ट्रपति समेत सहभागी सो रजत महोत्सवलाई असर पार्ने खालका कुनै कार्यक्रम नरहेपनि गोठगाउँमै विश्वविद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न वैधानिक रुपमा प्रकृया आघि बढाउने पनि ढकालले बताए । यसरी अर्बोको संरचना जिर्ण बनाएर बिश्वबिद्यालयका पदाधिकारीहरुले गरिरहेको नाँगो नाच रोक्नु र बिश्वबिद्यालयको कार्यलय गोठागँउ सार्नु जरुरी छ । यसतर्फ सबैको ध्यान जाओस ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

तपाईको प्रतिक्रिया