अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

सुनसरी । कुनैबेला अर्नाको लागि बिशेष र प्रसिद्ध मानिने सुनसरीको कोसी गाँउपालिकामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष यतिबेला सुनसान बनेको छ । कोशीटप्पुमा अर्ना हेर्नकै लागी जाने आन्तरिक र बाह्य पर्यटक समेत हवात्तै घटेको छ । सो क्षेत्र यतिबेला सुनसान जस्तै बनेको छ ।

रामसार क्षेत्रका रुपमा सुचिकृत रहेको सुनसरीको पश्चिम कुशाहामा रहेको कार्यालय समेत सुनसान जस्तै देखिन्छ । सो क्षेत्रमा कुने चहलपहल समेत छैन । सो क्षेत्रभित्र रहेको सुचना केन्द्रमा बिदाका दिन केही आन्तरिक पर्यटक पुगेपनि आसपासको क्षेत्र सुनसान देखिन्छ । सो क्षेत्रमा चराहरु समेत खासै देखिएनन । कुनै बेला आरक्षभित्र अर्नाको संख्या ४ सय ४१ थियो । आरक्षमा एक वर्षको बच्चा अर्ना ३८ वटा, दुई वर्ष उमेर समूहका ४० वटा, अर्धवयस्क ३५ वटा, वयस्क पोथी १९१ वटा र वयस्य भाले १३७ वटा रहेका थिए । अहिले यो ईतिहास भईसकेको छ ।

स्थानीयको अबरोधका बिचपनि आरक्षबाट अर्ना स्थानान्तरण गरी चितवन राष्ट्रिय निकुञ्जमा लगियो । त्यसपछि भने आरक्ष सुनसान जस्तै बनेको छ । २०७३ सालदेखि नै अर्ना स्थानान्तरण गर्न थालिएको थियो । केही महिना अघि भने सबै अर्ना त्यसतर्फ लगिएपछि सो क्षेत्र सुनसान नै बनेको छ । सुनसरीको हरिपुर,पश्चिम् कुसाहा र प्रकाशपुर क्षेत्र र सप्तरीको भागलपुर,पथरी र बदगमहा क्षेत्रमा प्रत्येक ब्लकमा अर्ना प्रशस्त थिए । यतिबेला छैन,सुनसान जस्तै भएको छ स्थानीय गुनासो गर्छन ।

विश्वका पाँच देशमा मात्रै पाइने अर्ना कोशी टप्पुमा २०३२ सालमा ३३ वटाको संख्यामा रहेकोमा केही महिना अघिसम्म वृद्धि भई ४ सय ४१ पुगेको थियो । आरक्षबाट २०७३ को माघमा १३ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज स्थानान्तरण गरिएको थियो भने काल गतिले पाँच वटा अर्नाको मृत्यु भएको र प्रतिशोधको भावनाले चार वटा अर्ना मारिएको संख्या सहित २२ वटा अर्ना घटेकोमा थप भएको ३१ वटा अर्नासहित आरक्षमा ४ सय ४१ अर्ना रहेका थिए ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

तपाईको प्रतिक्रिया