सुनसरीमा गोली काण्ड, मृतक भारतीय हुन सक्ने अनुमान ( तस्बिरहरू सहित)

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्रमा प्रहरीको गोलि लागि एकजनाको मृत्यु भएको छ । सुनसरीको कोशी गाँउपालिका वार्ड नम्बर ७ स्थित मुसहरी टोलमा गएराति प्रहरी र हतियारधारी समुहबिच दोहरो गोली हानाहान हुदा एक जनाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । नियमति गस्तीको क्रममा राति १० बजेको समयमा ४–५ जनाको समुह भारत बाट नेपाल छिर्ने क्रममा प्रहरीले रोक्न खोज्दा गोलि हानाहान भएको र सोही क्रममा एकजनाको मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । प्रहरी उपरीक्षक अधिकारीका अनुसार प्रहरी आत्मरक्षाका लागि गोलि चलाउदा अन्दाजी ३०/३५ बर्षको पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको सनाखत हुन नसकेको उनले बताए । घटनास्थलबाट दुई थान कटुवा पेस्तोल सहित ७ राउन्ड गोलि बरामद गरिएको छ । पछिल्लो केहि समययता सुनसरीको सीमावर्ती क्षेत्र कोशी गाँउपालिकामा रातको समयमा चोरी डकैती बढेपछि जिल्ला प्रहरी र स्थानिय प्रहरीले रातको समयमा सुरक्षा गस्ती बढाएको क्रममा घटना भएको प्रहरीले जनाएको छ । गोली हानाहानपछि समुहमा रहेका अन्य अपराधी भने फरार भएको एसपी अधिकारीले बताए । मृतक भारतीय हुन सक्ने अनुमान गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया