जुम्लाबाट १७ करोडको स्याउ निर्यात

जुम्ला / जुम्लाबाट १७ करोडबराबरको स्याउ निर्यात भएको छ । यहाँका व्यापारीले १७ करोड बढीको स्याउ बाहिरी जिल्लामा निर्यात गरेका हुन् । यो वर्ष स्याउ बेचेर जिल्लाका कृषकले पाँच हजारदेखि १० लाखसम्म आम्दानी गरेका छन् । जिल्लामा झन्डै ३४ सय टन स्याउ उत्पादन भएको थियो । अहिलेसम्म २३ सय टन बढी स्याउ निर्यात भइसकेको छ ।

जुम्लाबाट पहिलोपटक ठूलो परिणाममा दुई टन फुजी स्याउ निर्यात भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतको स्याउ सुपरजोन जुम्लाले जनाएको छ । अाजकाे राजधानी दैनिकमा खबर रहेकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया