अपहरण गरी शरीर बन्धक मुद्धामा सर्वाेच्च अदालतले दियो हेमकर्णलार्इ सफार्इ

इटहरी / नेपाली काग्रेस इटहरी  सभापति हेमकर्ण पौडेलमाथि लागेको अपहरण तथा शरिर बन्धक सम्बन्धि मुद्धामा सर्वोच्च अदालतले सफाइ दिएकाे छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासले पौडेलकाे पक्षमा फैसला सुनाएकाे हाे ।

२०६९ सालमा तास खेल्ने क्रममा इटहरीका दुर्गा बहादुर अधिकारीले  अपहरण गरी शरीर बन्धक बनाएको भन्दै  जिल्ला अदालत सुनसरीमा मुद्धा दायर भए पश्चात साढे ३ वर्ष कैद र २५ हजार जरिवाना तोकेको थियो ।  त्यस बिरुद्ध पौडेलले उच्च अदालतमा पुरानावेदन दिएका थिए । त्यसमा सुनसरी अदालतले गरेको फैसलालाई दुई बर्ष कैद र २५ हजार जरिवाना ताेकेकाे थियाे ।

सुनसरी अदालत र पुनराबेदनकाे निर्णय प्रति चित्त नबुझेको भन्दै पौडेलले सर्वाेच्च अदालतमा मुद्धा हालेका थिए । जिल्ला तथा पुनरावेदन अदालतको आदेशलाई उल्ट्याउँदै सर्वाेच्चले पौडेलकाे पक्षमा फैसला सुनाएकाे हाे । सोही मुद्दामा हेमकर्ण सँगै सूर्य राई, रोशन तामाङ रअचित श्रेष्ठले पनि सफाइ पाएका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…