ओलाङचुङगोला नाका प्रदेश सरकारको उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री राई

ताप्लेजुङ / प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले चीनको तिब्बत संग जोडिएको ओलाङचुङगोला नाकालाई प्रदेश सरकारले उच्च महत्व दिएको बताउनुभएको छ । ताप्लेजुङको उत्तरी सिमा क्षेत्रको सुरक्षा लगायतको अवस्थाबारे अवलोकन गर्न आज ताप्लेजुङ आउनुभएका मुख्यमन्त्री राईले उक्त नाका प्रदेश नम्बर एक कै समृद्धि संग जोडिएकाले यसलाई सञ्चालन गर्नका लागि सरकार प्रयासरत रहेको बताउनुभयो ।

संघिय सरकारको समेत प्राथमिकतामा परेको उक्त नाकालाई प्रदेश सरकारले पनि उच्च महत्वका साथ हेरिरहेको राईले बताउनुभयो । नाका खोल्नका लागि आवस्यक सडक निर्माण लगायतका भौतिक पुर्वाधारको विकासका लागि प्रदेश सरकारले संघिय सरकार संग समेत समन्वय गरि अघाडी बढ्ने उहाँले बताउनुभएको छ । ओलाङचुङगोला नाका संग जोडिएको सडक निर्माण लगायतका कार्यको स्थलगत अवलोकन गरि बास्तविकतालाई पहिचान गरि आवस्यक काम गर्नका लागि प्रदेश सरकारले अध्ययन थालेको स्पष्ट पार्नुभयो ।

यस्तै पछिल्लो समयमा सिमा सुरक्षाका सम्वन्धमा धेरै टिक्काटिप्पणी आउन थालेकाले यहाँको सुरक्षाबारे समेत अध्ययन भईरहेको उहाँले बताउनुभयो । ओलाङचुङगोलामा रहेको प्रहरी चौकिलाई स्तरोन्नती गर्ने र वोर्डर आउट पोष्ट (विओपी) स्थापनाका लागि तयारी भईरहेको राईले जानकारी दिनुभयो ।

यस्तै अर्को फरक प्रसंगमा कुरा गर्दै राईले आईतबारदेखि बस्ने अन्तरप्रदेश परिषदको बैठकमा प्रदेश सरकारलाई कानुन निर्माणका लागि परिरहेको अप्ठ्यारो, कर्मचारी अभावले बजेट कार्यान्वयनमा आएका समस्यालाई मुख्य रुपमा उठाईने बताउनुभएको छ । यस्तै संविधानले तीनवटै तहका सरकारलाई सहयोग, समन्वय र सहकार्यका साथ अघि बढ्न आधार प्रदान गरेकाले यसलाई व्यवस्थित गर्नका लागि नीतिगत र संरचनागत हिसाबले व्यवस्थित गर्ने विषयलाई पनि बैठकमा उठाईने उहाँले बताउनुभयो । नेपाली सेनाको हेलिकप्टरमा आउनुभएका राईले सञ्चारकर्मीहरु संग कुराकानी गर्नु अघि विहान ओलाङचुङगोला क्षेत्र पुग्नुभएको थियो । मुख्यमन्त्री राई सहित प्रतिनीधिसभा सदस्यहरु योगेश भट्टराई, राजेन्द्र गौतम, प्रदेशसभा सदस्यहरु बलबहादुर साम्सोहाङ, टंक आङ्बुहाङ साथै प्रदेश सुरक्षा निकायका प्रमुखहरु सिमा क्षेत्रको अवलोकनमा पुग्नुभएको थियो ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने पुर्कुटी पूर्वेली न्युजका ताप्लेजुङ सहकर्मी हुनुहुन्छ ।

सन्तोष पुर्कुटीबाट थप

ताप्लेजुङ फक्ताङलुङबाट ९ थान भरुवा बन्दुक नियन्त्रणमा

पाथीभरामा चल्ने सवारी साधनमा भजन बाहेकका गीत बजाउन नपाईने

कर्तव्य ज्यान मुद्धामा ६ वर्षदेखि फरार अभियुक्त पक्राउ

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन सम्वन्धि ताप्लेजुङमा नमुना अभ्यास प्रर्दशनी

हिमपातका कारण ताप्लेजुङका उच्च क्षेत्रका बासिन्दा चिसोको मारमा, वर्षाले किसानलाई फाईदा

नेपाल विद्यार्थी संघद्धारा ताप्लेजुङमा ओलीको पुत्ला दहन सहित विरोध प्रर्दशन

अञ्जली लिम्बू बनिन् मेरिङदेन डान्स स्टार

बालबालिकाको क्षेत्रमा काम गर्ने निकायबीच समन्वय बढाउनुपर्नेमा सरोकारवालाको जोड

कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको १५ औँ वार्षिक साधारणसभा सम्पन्न

ताप्लेजुङमा तीन राउण्ड गोली सहित रिभल्वर फेला

तपाईको प्रतिक्रिया