साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

बेलबारी । मोरङको बेलबारी नगरपालिका भित्र रहेका आधा दर्जन बढी संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा पनि साधारणसभा गर्न सकेका छैनन । उद्योग बाणिज्य संघ बेलबारी,बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति,अमना सिसौली सामुदायिक बन उपभोत्ता समुह,बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुह लगायतका संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्न सकेका छैनन ।

बेलबारी उद्योग बाणिज्य संघमा २०६९ यता साधारणसभा हुन सकेको छैन । ३ बर्षे कार्यकाल भएपनि ६ बर्ष यता संघको साधारणसभा हुन सकेको छैन । संघका अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रबत्ता समेत रहेका योगेन्द्र सुवेदी सहमतिमै साधारणसभा नभएको र संघको भवन निर्माण लगायतका काम बाँकी रहेका कारण साधारणसभा नगरिएको भएपनि यो आर्थिक बर्षमा जसरी पनि साधारणसभा गर्ने बताउँछन । संघमा कति ब्यबसायी आबद्ध रहेका छन भन्ने यकिन डाटा समेत संघमा उपलब्ध छैन । कार्यलय सञ्चालनमा छ तरपनि बेलबारीकै ब्यापारीहरुलाई बेलबारी उद्योग बाणिज्य संघ छ भन्ने कुरा धेरैलाई हेक्का समेत छैन ।

बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको म्याद सकिएको १ बर्ष बढी भईसकेको छ । ३ बर्षे कार्यकाल भएपनि ४ बर्ष पुरा हुँदा समेत साधारणसभा हुन सकेको छैन । समितिका अध्यक्ष नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका महेन्द्र सुवेदी समितिका सबै पदाधिकारी ब्यस्त रहेका कारण र केही योजनाहरु पुरा गर्नुपर्ने भएका कारण समयमै साधारणसभा गर्न नसकिएको बताउँछन । उनले पुष अन्तिम तथा माघ पहिलो साता सम्म साधारणसभा तोकिने बताए ।

बेलबारीमै रहेका बेतना सिमसार सामुदायिक बन उपभोत्ता समुह र अमना सिसोली सामुदायिक बन उपभोत्ता समुहको समेत कार्यसमितिको म्याद सकिएको महिनौ बितिसकेको छ । उनीहरुले पनि साधारणसभाको मिति तय गर्न सकेका छैनन । अमनामा लिला आचार्य अध्यक्ष रहेका छन भने बेतनामा डम्बर बस्नेत अध्यक्ष रहेका छन । यी त केही उदाहरण मात्र हुन बेलबारीमा थुप्रै संघसंस्थाले साधारणसभा गर्न सकेका छैनन । नियमनकारी निकाय समेत मौन बस्दा कतिपय संस्थाहरु मनपरी गर्ने र आफनो दुनो सोझयाउने बलियो आधार समेत बनेको छ । केही साताअघि बेलबारी १ मा रहेको भानु सार्बजनिक शैक्षिक गुठीमा भने लामो समयपछि साधारणसभा सम्पन्न भएको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

तपाईको प्रतिक्रिया