वडाध्यक्ष हुन त यस्ताे

पथरी / मंसिर १० माेरङ पथरीशनिश्चरे वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङ अाफ्नाे वडामा भएका मुसहर बस्तिकाे निम्ति कहिले साेलर बत्ती, कहिले शाैर्य चुलाे, कहिले शैक्षिक सामाग्री बितरण गर्दै मुसहरकाे मुहारमा मुस्कान ल्याउछन । तिनै वडाध्यक्ष तामाङ अहिले जाडाेकाे लागि मुसहरकाे निम्ति न्यानाे पार्न लुगा संकलन गर्न ब्यास्त छन । अाफ्नाे क्षेत्रबाट ५० किलाेमिटर पर रहेकाे शहर धरानमा पुगि पुराना तर लगाउन मिल्ने लुगा फाटा संकलन गरि गाउमा बितरण गर्न लागेका छन । धरानका ब्यावसायी तथा बिपासेन याेग ध्यानका गुरू कमल गाेयालकाे सहयाेगमा धरानका घर घरमा गएर लुगा संकलन गर्दैछन ।

उनिहरुकाे यस्ताे कार्य देखेर धरानका मनाेज अग्रवाल नगद २० हजारकाे कमल समेत कपनि दिएका छन । माेरङकाे पथरीशनिश्चरे ६ का मुसर समुदायमा जाडाेका लागि न्यानाे कपडा संकलन अफै धाेई पखाली बितरण गर्न लागेका हुन । घरमा भएका राम्रा तर प्रयाेगमा नअाएका लुगाहरु संकलन गर्दा गरिवका परिवारमा थाेरै भए पनि मुस्कान ल्याउन सहयाेग पुग्ने वडा अध्यक्ष जय बहादुर तामाङले बताए ।

पथरीशनिश्चरेकाे पुच्छरमा रहेकाे र पिछडिएकाे मुसहर समुदायलाई केही राहत महसुस गराउदै अन्य समुदाय साे सरह अगाडि ल्याउन लागि परिरहेका तामाङ पथरीशनिश्चरे नगरबाट स्वतन्त्रमा जित्ने एक मात्र उमेदवार हुन । साे कार्यले घरमा भएका पुराना लुगा के गर्ने र काहा ब्यवस्थापन गर्ने भन्ने समस्या पनि समधानहुने भएकाले घर घर बाट पुराना लुगा संकलन गरेकाे सहयाेगी कमल गाेयालले बताए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

असल अभिभावक, शिक्षक र बिध्यार्थी संबन्धी ३ दिने प्रशिक्षण सम्पन्न ।

विधायलयमा एल इ डी र सुईटर वितरण

पथरीमा कृषि विउ विजन र उपकरण वितरण

पथरीशनिश्चरे नगरपालिकामा १ घण्टा चर्काचर्की

प्रथम नगर महिला फुटवतको उद्धघाटन खेलमा कानेपोखरी विजयी

पथरीशनिश्चरे न्यायपालिका आफै धामी आफै बाेक्सी, पथरीशनिश्चरेकाे न्यायीक समिती नै जग्गा दलाली

मोरङको लेटाङमा खुल्याे नेफ्स्कुनको सम्पर्क कार्यलय

५ औं मिस्टर मोरङलाई सम्मान

खजुम जातीलाई वाराही मन्दिरमा निषेध !

मोरङको पथरीशनिश्चरेमा १४ करोडको पाटि प्यालेस संचालनमा

तपाईको प्रतिक्रिया