भलिवलकाे उपाधी अायाेजक वारंगीलाई

पथरी / पुर्वी उत्तरी माेरङकाे लेटाङ नगरपालिकाकाे वडा नं. ७ मा रहेकाे वारंगी खेलकुद युवा क्लवले बराह मेलाकाे अवसर पारी खुल्ला पुरुष तथा महिला भलिवल प्रतियाेगितामा समापन गरेकाे छ । खेलमा महिला तर्फ अायाेजक वारंगी महिला भलिवल क्लवले सिहंदेवी महिला भलिवल क्लवलाई २५/२०, २५/ ११ र २५/९ काे साेझाे सेट पराजित गरेकाे थियाे । त्यस्तै पुरुष तर्फ पनि अायाेजक वारंगी भलिवल क्लवले २५/१८, २६/२४, २५/१७ काे साेझाे सेटमा डाडा गाउँ भलिवल क्लवलाई पराजित गर्याे ।

जित संगै विजयी पुरुष टाेलिले नगद ३० हजार, महिला टाेलिले नगद ८ हजार प्राप्त गरे भने पराजित टाेलि पुरुषले १७ हजार र महिलाले ४ प्राप्त गरे । विजेता तथा उप विजेता टाेलिलाई कार्यक्रमकाे प्रमुख अतिथी लेटाङ नगरपालिकाका मेयर शंकर राई र वडाध्यक्ष नगेन्द्र लिम्बुले पुरस्कार बितरण गर्नु भएकाे छ । मंसिर ७ गते बाट सुरु भएकाे भलिवल प्रतियाेगितामा पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमकाे सहभागी रहेका थिए । खेल श्री महेन्द्र माविकाे खेल मैदानमा सम्पन्न भएकाे थियाे ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

काम विनै तलब खाने जनप्रतिनिधिको तलब फिर्ता गर्न माग

बेलबारीको बिच राजमार्गमा भेटियो बम, सडक आवागमन बन्द

प्याब्सन लोक नृत्य प्रतियोगिता वाल्मीकिलाई

लायन्सद्धारा ह्विल चेयर वितरण

चौथो नगर फुटवलमा वडा नं. २ लाई पाखा लगाउदै १ सेमिफाईाल प्रबेश

पथरीमा जारी नगर कप फुटबलमा वडा नम्बर ९ बिजयी

अनुप्रस्थ फागुन २३ मा पथरी आउदै

पथरीमा जारी नगर कप फुटबल प्रतियोगितामा वडा नम्बर ९ बिजयी

फागुन १५ देखि हात्तीपाइले बिरुद्धको अभियान (जानकारीकाेलागी सेयर गराैं)

अन्तर्राष्ट्रिय मुर्तीकला कार्यशालामा आगन्तुकको घुइँचो

तपाईको प्रतिक्रिया