नेताका छोराछोरीमाथि सुरक्षा थ्रेट, निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई होला त कारबाही ?

सुनसरी । राजधानीमा शनिबार शक्ति प्रदर्शन गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेताले धम्कीको भाषामा दिएको भाषणको अहिले सर्बत्र चर्चा भएको छ । पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले भाषण गरेपछि अहिले सरकारमा रहेका पार्टीका नेताका छोराछोरीमाथी समेत सुरक्षा थ्रेट बढेको छ । बिभिन्न ध्वांशात्मक क्रियाकलाप गर्दै आएको सो पार्टीका जिम्मेवार नेताको भाषणले नेपाली राजनीतिमा नयाँ भुकम्प नै पैदा गरेको छ ।

प्रकाण्डले के भने भाषणमा ?

करिब ४ महिनाअघि कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सरकार सञ्चालन गरेर बसेका व्यक्तिकै छोराको संलग्नता रहेको उनले ठोकुवा गरे । सार्वजनिक आमसभास्थलबाटै प्रवक्ता प्रकाण्डले हत्यारा सरकार सञ्चालककै छोराछोरी भएको मात्र दाबी गरेनन, उनले अब आफ्नै पार्टीले हत्याको अनुसन्धान गरेर बलात्कारी र हत्यारालाई कारवाही समेत गर्ने बताउँदा सभाको माहोल नै अर्कै बन्यो । यति लामो अनुसन्धानमा समेत पत्ता नलागेको सो बिषयको छानबिन आफै गर्ने र दोषीलाई सार्बजनिक स्थानमा ल्याएर कारबाही गर्ने बताएपछि नयाँ तरंग उत्पन्न भएको छ ।

उनले भने ‘यो सरकार न अपराधीलाई पत्ता लगाउन सक्छ, न त यसलाई कारवाही गर्न सक्छ । यसले के प्रष्ट गर्छ भन्दा सरकार नै निर्मला पन्तको हत्या र बलात्कारका घटनामा संलग्न छ भन्ने कुरा प्रष्ट हुन्छ ।’ अनुसन्धानका क्रममा घटनास्थल आसपासका सीसी क्यामेराका फुटेजहरु डिलिट गरिएको भनिएकोमा त्यसको रिकभर गर्न काठमाडौं ल्याइएकोमा अहिलेसम्म त्यसलाई गुपचुप राखिएको छ ।

नेताहरुमाथि उनको आरोप

प्रकाण्डले ओली सरकार भ्रष्टाचारमा डुबेको र मन्त्रीहरु भ्रष्टाचारमा तल्लीन रहेको आरोप समेत लगाएका छन । उनले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई ‘पाखण्डी’ को संज्ञा दि एभने प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री विना मगरको नाम नलिई उनको मन्त्रालयले मेलम्चीमा अनियमितता गरिरहेको बताए ।

‘सरकारका मन्त्रीहरुको काम भनेको भ्रष्टाचार र कमिसनको लक्ष राखेर प्रोजेक्ट बनाउने छ । अहिले देशको अर्थतन्त्र चौपट भएको छ । दलाल पुँजीपत वर्गाको बिगबिगी छ,’ बिकले भने,’हिजोका भुईँफुट्टा मान्छेहरु अहिले रातारात करोडपति भएका छन् । हिजोका भुइँफुट्टा नेताहरु रातारात अरबपति भएका छन् ।’ बिकले प्रधानमन्त्री ओलीको नाम लिँदै भने ‘ओलीजी समृद्धिको कुरा गरिराख्नुभएको छ, सायद कि त ओलीजीले देख्नुभएको छैन, कि त बुझ पचाइरहनुभएको छ । नदेख्याजस्तो गर्नुभएको छ । कि त उहाँ केही पनि गर्न सक्नुहुँदैन ।’

नेता प्रकाण्डको यो सार्बजनिक भाषणपछि नेपाली राजनीतिमा तरंग मात्र उत्पन्न भएको छैन । नेताका छोराछोरीमाथि सुरक्षा थ्रेट समेत उत्तिकै बढेको छ । सरकार प्रति उग्र भाषण गरेका प्रकाण्डको यो भाषणपछि नेपाली राजनिति तरंगित भएको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…