दुहवीमा मजदुरमाथि गोली प्रहार, अवस्था गम्भीर

सुनसरी । सुनसरीको दुहबीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन ्। दुहबी–९ मा रहेको जयबावा इँटा भट्टामा कार्यरत स्थानीय फिदा हुसेनमाथि गोली प्रहार भएको हो ।

इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक रामनारायण माझीका अनुसार मोटरसाइकलमा आएका दुई जनाले इँटा भट्टा जाँदै गरेका हुस्सेनमाथि बुधबार बिहान गोली प्रहार गरेको माझीले बताए । गोली प्रहारबाट घाइते हुसेनको अवस्था गम्भीर रहेको छ । उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर लगिएको प्रहरीले जनाएको छ । इँटाभट्टा सञ्चालक खगेन्द्र श्रेष्ठका अनुसार २० वर्षदेखि सो इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए ।

गोली किन र कसले प्रहार गर्यो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ । घटना स्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक माझीले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया