आफ्नै उपचार खर्च कटाएर लाखौको अक्षयकोष स्थापना गर्ने क्यान्सर पिडित प्राध्यापक

बेलबारी । सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ, कोही रोगबाट ग्रसित मानिसले आफनो उपचार खर्च नै कटाएर गरिब र असाहय बिद्यार्थीलाई पढाउँछ अनि त्यस्ता बिद्यार्थीको सुनौलो भबिश्यका लागी लाखौको अक्षयकोष स्थापना गरिदिन्छ भन्दा,तर मोरङको बेलबारी १ का श्याम कार्की त्यस्ता प्राध्यापक हुन जस्ले गरिब तथा जेहेन्दार बिद्यार्थीलाई उच्च शिक्षा अध्यायन मात्र गराएका छैनन् बेलबारीको एक बिद्यालयमा ५ लाखको अक्षयकोष समेत स्थापना गरिदिएका छन ।

पुर्बपश्चिम राजमार्ग अन्र्तगत बेलबारीको पुर्ब बस स्टेण्ड देखि उत्तर तर्फ पुरानो जस्तापाता भएको एउटा काठको घर,सामान्य जिवनशैली,त्यहि घरको पुर्बपट्टिको एउटा सानो कोठामा पुग्दा आईतबार बिहान उनी ओछयानमै आराम गरिरहेका थिए । सामान्य जीवनशैली बिताउने उनलाई देख्दा उनी धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन भन्दा बिश्वास गर्न गाहे हुन्थ्यो । उनी २०५९ सालदेखि सोही क्यापसमा स्थायी जागिरेका रुपमा रहेका छन । धनकुटामा बस्दा पनि उनी एकदमै सामान्य जिवनयापन गर्छन । बिद्यार्थी उनी भनेपछि हुरुक्कै हुन्छन । कतिलाई उनले निशुल्क टयुशनको ब्यबस्था गराएका छन भने कतिलाई त आफनै खर्चमा ईन्जिनियर समेत बनाएका रहेछन ।

आफनो छोराको लागी ल्यापटप किन्न जम्मा गरेको रुपैया समेत उनले आर्थिक अबस्था कमजोर भएका बिद्यार्थीको उच्च शिक्षाका लागी खर्च गरेको तितो यथार्थ सुनाए । दुई छोरा, एक श्रीमति र ७८ बर्षीया आमाको पालनपोषणका साथै गरिब र असाहयको शिक्षाका लागी समेत उनी अघि सर्छन । उनको दुरगामी सोच र परिकल्पना कसैले नकार्न नसक्ने किसिमको हुने उनकी श्रीमती दौपदा कार्की बताउँछिन ।

कसरी भयो उनलाई क्यान्सर ?

डेढ बर्ष अघि कार्कीको मुखमा सानो घाउ आएको थियो । सोही घाउ बढदै पछि क्यान्सरको रुप लियो । सोही घाँउ अहिले कानमा फेदमा पुगेर बसेको छ । उनले २ पटक अप्रेसन समेत गराए तरपनि उनको घाउ निको भएन । १५ महिना भारतको दिल्लीस्थित राजीब गान्धि अस्पतालमा उपचारपछि हाल नेपाल क्यान्सर अस्पतालमा उपचार गराई रहेका छन ।

उनको उपचारका लागी ७० लाख भन्दा बढी खर्च भईसकेको छ । केही महिना अघिसम्म क्याम्पसमा अध्यापन गराईरहेका उनी केही महिना यता बिदामा रहेका छन । बेलबारी बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने उनकी श्रीमती समेत श्रीमान बिरामी परेपछि उनको स्याहार सुसारकै लागी बिदामा रहेकी छिन ।

५ लाखको अक्षयकोष स्थापना

शिक्षा भन्दा ठुलो केही हुन्न भन्ने सोच भएका कार्की गरिब तथा असाहयहरुको शिक्षाका लागी सधै सोचिरहन्छन । उनले आर्थिक अबस्था कम भएका धेरै बिद्यार्थीलाई अध्यायन खर्च जुटाईदिएका छन भने एकजना बिद्यार्थीलाई त ईन्जिनियर नै बनाएका छन । आफुसँग बृहत सोच भएपनि रोगका कारण काम गर्न नसकेको र आफना धेरै योजनाहरु अधुरो रहेको उनी गुनासो गर्छन ।

बि.स २०४८ सालमा बुबा स्व.दानबहादुर कार्कीले बेलबारी २ मा स्थापना गरेको सिंहदेबी आधारभुत बिद्यालय जहाँ भौतिक पुर्बाधारको अभाव छ,धेरै बिद्यार्थी बिद्यालय भएपनि आर्थिक अभावका कारण बिद्यालय जान् सक्दैनन् त्यही ठाँउको बिद्यालयका लागी भौतिक पुर्बाधार लगायत आर्थिक रुपमा बिपन्नहरुको शिक्षाका लागी उनले अक्षयकोष स्थापना गरी सो रकम प्रदान गरेका हुन । सो रकममा अरु दाताले पनि रकम थप गरीदिए कोही पनि शिक्षाको उज्यालो घामबाट बञ्चित हुनुनपर्ने उनको बुझाई छ । उनका बुबाले सो बिद्यालय स्थापना र बेलबारीको भगवती माध्यमिक बिद्यालयलाई समेत १ कठठा जग्गा उपलब्ध गराएका थिए । बेलबारीका अन्य बिद्यालयमा पनि सहयोग गर्ने र उनीहरुको स्त्तरोन्नित गर्ने योजना रहेपनि आफु अशत्त भएपछि योजना अलपत्र भएको उनले गुनासो गरे ।

आफुले अक्षयकोष स्थापना गरेको बिद्यालय बेलबारी भरिमै हरेक कुरामाउत्कृष्ट होस भन्ने आफनो सपना रहेको उनले सुनाए । बिद्यालयमा कसैले पनि आर्थिक अभावमा पढ्नबाट बञ्चित हुनुनपरोस भन्ने उनको सोच रहेको छ । स्थानीय सरकारले शिक्षा क्षेत्रमा बिशेष लगानी गर्नुपर्ने र शिक्षा क्षेत्रमा योगदान गर्ने ब्यत्तिहरुको खोजी गरी उनीहरुलाई उचित सम्मान गर्नुपर्ने र त्यस्ता ब्यत्तिहरुलाई पाठयक्रममा समेटनुपर्ने यसो गर्दा त्यस्ता ब्यत्तिहरु अरुका लागी प्रेरणा बन्ने समेत उनले बताए ।

चर्चाका लागी भन्दा पनि कुनै पनि काम गर्दा ब्यबहारिक र समाज सुधारक हुनुपर्ने उनी बताउँछन । दुरदराजमा भएका मानिसहरु जो आर्थिक रुपमा बिपन्न हुन्छन तर उनीहरु सँग पनि अदभुत क्षमता हुन्छ,एउटा क्षमता भएको ब्यत्ति जन्मिन २५ बर्ष कुर्नुपर्छ,त्यस्ता ब्यत्तिहरको खोजी गरी राज्यले नै लगानी गरेर त्यस्ता ब्यत्तिहरुलाई उचित शिक्षा प्रदान गर्नुपर्ने उनी बताउँछन ।

आफु क्यान्सर जस्तो रोगको सामना गर्नुपरेपनि शिक्षा क्षेत्रका लागी आफु सधै लागिपर्ने र आर्थिक अभावका कारण शिक्षा नपाएका हरुका लागी पहल गरिरहने उनले बताए । शिक्षा बिना केही प्राप्त नहुने र शिक्षा जस्तो उत्तम कुरा केही नहुने उनको तर्क रहेको छ । बि.स २०३० सालमा जन्मिएका कार्कीको प्रेरणा साथ र सहयोगबाटै स्नातक मात्र गरेको आफुले स्नातोकोत्तर गरेको र जिवन के हो भन्ने सिकेको श्रीमती द्रौपदा बताउँछिन । श्रीमानको संघर्ष गर्नुपर्छ र हार खानुहुँदैन भन्ने कुराबाट आफु प्रभाबित भएको र उहाँको दिर्घकालीन सोचले आज आफु यो स्थान सम्म आईपुगेको बताउँछिन । उनी श्रीमानको यो कदम प्रति आफु एकदमै खुसी रहेको समेत बताईन ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

कलिला लालाबालासहित सिंगो परिवार खरानी हुँदा गाँउ नै शोकमग्न !

नेताका छोराछोरीमाथि सुरक्षा थ्रेट, निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई होला त कारबाही ?

तपाईको प्रतिक्रिया