प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

इटहरी / तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको चौथो दिन भएको सेमिफाइनल खेलमा इमोर्टलस् र होराइजन फाइनलमा प्रवशे गरेको छ । पहिलो सेमिफाइनल इमोर्टल्स र अन्डर डक्सबीच भएको खेलमा इमोर्टल्सले अन्डर डक्सलाई ५९ का बिरुद्ध ८३ स्कोरले पराजित गर्दै फाइनलका लागि आफ्नो सिट पक्का गरेको हो ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेल होराइजन र स्ट्यागबीच भएको थियो । होराइजनले स्ट्यागलाई ५७ का बिरुद्ध ५८ स्कोरले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो । स्ट्यागलाई झिनो स्कोरले पराजित गर्दै होराइजनले फाइनलका लागि सिट पक्का गरेको थियो । सगरमाथा युवा क्लबको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको फाइनल खेल आइतबार (आज) दिउँसो २ बजेपछि तरहराको सगरमाथा खेल मैदानमा हुने आयोजकका प्रदीप गुरुङले बताए ।

खेलको बिजेता टीमले नगद ३० हजार र उपविजेता टीमले नगद पन्ध्र हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्नेछन् । प्रतियोगितामा सुनसरी, मोरङ र झापाका गरी १४ वटा टीम सहभागी रहेका थिए ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

तपाईको प्रतिक्रिया

Loading…