बिद्युत प्राधिकरणमा बिल तिर्न ५ घण्टा लाईन

माेरङ । नेपाल बिद्युत प्राधिकरण बेलबारी शाखाको फितलो ब्यबस्थापनका कारण उपभोत्ताहरुले बिल तिर्न कम्तिमा ४ देखि ५ घण्टा लाईन बस्नुपर्ने बाध्यता सिर्जना भएको छ ।

बिहान १० बजे कार्यलयमा बिल भुत्तानी गर्न जाँदा पनि २ बजे अघि आफनो पालो नआएको उपभोत्ताहरुको गुनासो छ । कार्यलयले बिहान बिल तिर्नका लागी टोकन बाँडने र टोकन अनुसार बिल नलिने गरेको समेत उपभोत्ताहरुको गुनासो छ । शो शाखाले हेर्ने अधिकांश स्थानमा २ महिनादेखि मिटर रिडिङ हुन सकेको छैन । समयमा बिल भुत्तानी नगर्दा जरिवाना तिर्नुपर्ने बाध्यता त छँदै छ त्यसमाथि बिल भुत्तानी गर्न जाँदा समेत लामो लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

ई–सेवा मार्फत बिल भुत्तानी गर्दै आएका उपभोत्ताहरु समेत मिटर रिडिङ नहुँदा बिद्युत प्राधिकरण नै पुगेर पालो पर्खेर महशुल भुत्तानी गर्नुपर्ने बाध्यता रहेको छ । उपभोत्ताहरुको गुनासो ब्यापक रुपमा बढेपछि बिहिबार दिँउसो नेपाल बिद्युत प्राधिकरण शाखा बेलबारी पुग्दा त्याँहा थामिनसकनुको भिड थियो । भित्तामा राखिएको टोकन नम्बर देखाउने बिद्युतिय मेसिन एउटै नम्बरमा पुगेर अडकिएको थियो । करिब १ घण्टा त्याँहा बस्दा समेत सो संख्या घटबढ भएन् । टोकन हातमा लिएर पालो कुरेका उपभोत्ताहरुले पालो पर्खेका पख्र्यै थिए । केहीक्षणमा टोकन छोडेर जो पहिला गयो उस्कै पालो आएको देखियो ।

यो भद्रगोल अबस्था देखिएपछि शाखा प्रमुख बिनोदकुमार यादबको कार्यकक्षमा पुग्दा कुर्सी मात्र थियो । उनलाई सम्पर्क गर्दा उनी छठ बिदामा घर गएको र भोलि मात्र फर्किने जानकारी गराए । समस्याका बिषयमा जानकारी माग्दा उनले मिटर रिडर कर्मचारीको आन्दोलनका कारण मिटर रिडिङमा समस्या भएको र समस्या सुल्झेपछि चाडपर्ब शुरु भएको र ब्यबस्थापन गर्न केहि दिन लाग्ने बताए । उनले टोकन अनुसार पालो नआएको बिषयमा आफु बुझेर जवाफ दिने बताए ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

कलिला लालाबालासहित सिंगो परिवार खरानी हुँदा गाँउ नै शोकमग्न !

नेताका छोराछोरीमाथि सुरक्षा थ्रेट, निर्मला पन्तको बलात्कार र हत्या गर्नेलाई होला त कारबाही ?

तपाईको प्रतिक्रिया