प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

इटहरी / तरहरामा मंगलबारबाट सुरु भएको प्रथम प्रदेशस्तरीय बास्केटबल प्रतियोगिताको पहिलो खेलमा होराइजन ए र तरहरा बि बीच भएको खेलमा होराइजनले तरहरा बी लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । होराइजनले तरहरा बी लाई ३० का बिरुद्ध ७८ स्कोरले पराजित गरेको थियो ।

त्यस्तै, दोस्रो खेलमा तरहरा ए र एलम्बर धरानबीच भएको खेलमा तरहराले एलम्बरलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । तरहरा ए ले एलम्बरलाई ४८ का बिरुद्ध ८५ स्कोरले पराजित गरेको थियो । मंगलबारको उद्धघाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल बास्केटबल संघका उपाध्यक्ष तथा बास्केटबल संघ प्रदेश १ का कोच सुरज लामा रहेका थिए । उनले पछिल्लो समयमा बास्केटबल प्रतियोगिता भइराखेको भएपनि प्रदेश १ मा बिरलै मात्रामा प्रतियोगिता हुने बताए ।

प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्नु सराहनीय काम रहेकाले खेल सम्पन्न गर्नका लागि शुभकामना दिए । उद्धघाटन कार्यक्रम पदम तामाङको सभाध्यक्षमा सम्पन्न भएको थियो । सगरमाथा युवा क्लबको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको बिजेता टीमले नगद ३० हजार र उपविजेता टीमले नगद पन्ध्र हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक प्रबिण राउतले बताए ।

करीब साढे तीन लाख लागतमा खेल सम्पन्न गर्न लागिएको जनाइएको छ । उक्त प्रतियोगितामा सुनसरी, मोरङ र झापाका गरी १४ वटा टीम सहभागी रहेका छन् । बुधबारको खेल पहिलो खेल इमोर्टल्स र बिराटनगर त्यस्तै दोस्रो खेल अन्डर डक्स धरान र तरहरा सी बीच हुने आयोजकले जनाएको छ । त्यस्तै, तेस्रो खेल होराइजन बी र झापाबीच हुने र चौथो खेल सप्तरङ्गी धरान र बीपी के आइ एच एस बीच हुने बताइएको छ । खेल २ गतेसम्म सञ्चालन हुनेछ ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

तपाईको प्रतिक्रिया

Loading…