लेटाङ र केराबारीका स्थानीय भन्छन : बरु सुकुम्बासी बन्छौे तर् लोकमार्ग सार्न दिँदैनौँ

मोरङ । राष्ट्रिय प्राथमिकतामा परेको मदन भण्डारी लोकमार्ग अन्र्तगत सुनसरीको धरानदेखि मोरङको मिक्लाजुङ सम्मको लोकमार्ग पुरानो सर्भे अनुसार नै निर्माण हुनुपर्ने र त्यसका लागी आफुहरु सुकुम्बासी बनेर भएपनि जग्गा दिन तयार रहेको स्थानीयहरुले बताएका छन ।

मोरङको केराबारी गाँउपालिका र लेटाङ नगरपालिकाका स्थानीयहरुले केही निजि स्वार्थ बोकेका मानिसहरुले पुरानो सर्भे लाई लत्याउँदै नयाँ सर्भे गरेको भन्दै पुरानो सर्भे अनुसार काम नभए आफुहरु बाटो निर्माण हुन नदिने भन्दै बिरोध जनाएका छन । ५० मिटरको बाटो निर्माण हुने भन्दै भ्रम फिजाँएर केही ब्यत्तिहरुले बाटो सार्न खोजेको उनीहरुको आरोप छ । २५ मिटरको बाटो (८२ फुट ) बाटो निर्माण हुने र पुरानो सर्भे अनुसार १५.५ किलोमिटर दुरी हुने भएपनि नयाँ सर्भेमा २४.३ किलोमिटर अर्थात ९ किलोमिटर बढी हुने र लागत समेत बढने भन्दै उनीहरुले पुरानो सर्भे अनुसार नै काम हुनुपर्ने बताएका छन ।

लेटाङ नगरपालिका २ स्थित तुर्केमा मंगलबार बिहान जनप्रतिनिधि सहित भेला भएका स्थानीयले चिसाङ र बक्राहामा निर्माण भईरहेका करोडौको पुल समेत बाटोमा नपर्ने गरी घुमाउरो बाटो सर्भे गरी केही ब्यत्तिहरुले गरिरहेको चलखेल प्रति रोष प्रकट गरेका छन । धरान हुँदै केराबारी,लेटाङ,जाँते मधुमल्ला हुँदै मिक्लाजुङ सम्म चुरेको फेदीबाट निर्माण हुने लागेको लोकमार्ग अन्र्तगत पुरानो सर्भेमा परेका दर्जनौ स्थानीयहरुले आफु सुकुम्बासी हुन तयार रहेको तर बाटो पुरानो सर्भे अनुसार नै निर्माण हुनुपर्ने नभए बाटो निर्माणमा अबरोध गर्ने जनाएका छन ।

के भन्छन जनप्रतिनिधि ?

लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले यो गौरबको योजना भएका कारण सबैले बिना स्वार्थ काम गर्नुपर्ने र पुरानो सर्भे अनुसार सिधा बाटो निर्माण हुनुपर्ने यसो गर्दा लागत समेत कम हुने र दुरी समेत घटने भएका कारण बिबेकशिल भएर निर्णय लिनुपर्ने बताईन ।

उनले बिग्रिएपछि सपार्न गाहे हुने भएका कारण बुद्धिमतापुर्बक छोटो बाटो निर्माण हुनुपर्ने जसका लागी पुरानो सर्भे उचित भएको बताईन । वडा नम्बर २ का अध्यक्ष तेजप्रसाद तिम्सिनाले कुनै पनि हालतमा पुरानो सर्भे अनुसार बाटो निर्माण हुनुपर्ने जसका लागी जग्गा प्रदान गर्न स्थानीय समेत तयार भएको अबस्थामा नयाँ सर्भे जरुरी नभएको बताए । वडा नम्बर ९ का अध्यक्ष कृष्ण लुईटेलले नयाँ र घुमाउरो बाटो निर्माण गर्ने गरी केही ब्यत्तिको स्वार्थमा सर्भे हुनु आपत्तिजनक भएको बताए । उनले कुनैपनि हालतमा पुरानो सर्भे अनुसार नै बाटो निर्माण हुनुपर्नेमा जोड दिएका छन ।

वडा नम्बर २ का वडासदस्य मोहन अधिकारीले पनि पुरानो सर्भे अनुसार नै बाटो निर्माण हुनुपर्नेमा जोड दिएका छन । नयाँ सर्भे अनुसार खर्च बढी हुने र अपायक स्थानमा हुने समेत उनले बताए ।

पुरानो सर्भे ठिक भन्नेमा स्थानीय एकमत

स्थानीय बिष्णुप्रसाद खतिबवाले आफनो एक कठठा जग्गा रहेको र सो पनि पुरानो सर्भे अनुसार बाटोमा परेको भएपनि बाटो निर्माण भए आफु जग्गा छोडेर सुकुम्बासी बन्न तयार भएको बताए । लेटाङ ४ का डम्बर राईले स्वार्थका लागी नयाँ सर्भे गरिएको र यो मान्य नहुने धारणा ब्यत्त गरेका छन । वडा नम्बर २ का युवराज फुयाँल,जनक आचार्य लगायतले समेत पुरानो सर्भे अनुसार बाटो निर्माण गरिनुपर्ने र यसका लागी आफुहरु जस्तोसुकै बाधा ब्याबधान भोग्न पनि तयार हुनुपर्ने बताएका छन । केराबारीका ललित तामाङले समेत पुरानमे सर्भे अनुसार बाटो निर्माण हुनुपर्नेमा जोड दिए ।

नयाँ सर्भेमा चुरेको बिनाश

स्थानीय जनक आचार्यले नयाँ सर्भे अनुसार बाटो निर्माण हुँदा चुरेको चरम बिनाश हुने र यसलाई रोक्न समेत पुरानो सर्भे अनुसार बाटो निर्माण हुनुपर्नेमा जोड दिएका छन । नयाँ सर्भे अनुसार बाटो निर्माण हुँदा सबै बाटो चुरे पहाड र जंगलबाट निर्माण गर्नुपर्ने उनले बताए । बाटो निर्माण सरोकार समितिका अध्यक्ष सोमनाथ निरौलाले पुरानो सर्भे अनुसार बाटो निर्माण नभए बाटो निर्माणमा अबरोध गरिने र कुने हालतमा पनि बाटो निर्माण हुन नदिने बताएका छन । उनले पुरानो र नयाँ सर्भे गरिएका बाटोहरुको निरिक्षण गरिसकेको र पुरानो सर्भे नै उपयुत्त रहेको बताएका छन ।

पुरानो सर्भे अनुसार धरान देखि केराबारी गाँउपालिका वडा नम्बर ९ हुँदै लेटाङ नगरपालिका वडा नम्बर २ देखि ९ सम्म तुर्के हुँदै किसान मार्ग,मदनचौक,जाँते हुँदै मधुमल्ला मिक्लाजुङ सम्म सर्भे गरिएको थियो । नयाँ सर्भेमा सोही दुरीभन्दा करिब २.५ मिटर माथिबाट सर्भे गरिएको छ । सो बाटो निर्माणका लागी सरकारले आर्थिक बर्ष २०७५। ०७६ का लागी २ अर्ब ६० करोड बजेट छुटयाएको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…