बालिका देखि बृद्धासम्म बलात्कारको शिकार, के हेर्दैछ सरकार ?

ईटहरी / पछिल्लो समय बलात्कारका घटनामा शतप्रतिशत बृद्धि भएको छ । दैनिक रुपमा बलात्कारका घटना सार्बजनिक भईरहेका छन । बलात्कारको घटनाको पछिल्लो तथ्यांक हेर्ने हो भने कहालीलाग्दो अबस्था छ । दैनिक रुपमा हाडनाता करणी देखि बालिका देखि बृद्धासम्म बलात्कारको शिकार बनिरहेका छन । बलात्कार बढेको भन्दै सरकारले नेपालमा पोर्न साईटहरु बन्द गरायो तरपनि बलात्कारका घटना घटनुको साटो झन बढदै गएको छ ।

कञ्चनपुरमा १४ बर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको १ सय दिन पार भईसक्यो तरपनि अझै बलात्कारमा संलग्नहरुको पहिचान हुन सकेको छैन । निर्मलाका परिवार न्यायको आन्दोलनमा उत्रिएका छन । तरपनि उनीहरुले न्याय पाएका छैनन । सरकार कतिसम्म निरिह रहेको छ यो कुराले पनि प्रष्ट पारेको छ । एउटा बलात्कारीलाई कारबाही गर्नु त के पक्राउ गर्नसम्म पनि सकेको छैन ।

यस्ता बलात्कारका घटना दैनिक रुपमा बढिरहेका छन । यसको पछिल्लो उदाहरण स्वरुप सोमबार मात्र पनि मोरङको कानेपोखरीमा आफनै बाबुद्धारा छोरी बलात्कार भएको घटना सार्बजनिक भयो,सिराहामा बालिका र बृद्धाको सामुहिक बलात्कारको घटना यसैगरी उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्याका घटना सार्बजनिक भए । यी त प्रतिनिधि घटना मात्र हुन ।

हरेक दिन देशभर आधा दर्जन बढी बलात्कारका घटना सार्बजनिक भईरहेका छन । फितलो कानुनका कारण बलात्कारमा संलग्नहरुले सजिलै उन्मुत्ति पाएका कारण पनि बलात्कारका घटना बढिरहेका छन । बलात्कारमा संलग्नहरुलाई आजीवन काराबास वा मृत्युदण्डको ब्यबस्था गरिने हो भने पक्कै पनि बलात्कारका घटना न्युनीकरण हुन्छ । तसर्थ बलात्कारका घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही हुनु जरुरी छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

हरित नगरी र बेलको शहर बन्दै बेलबारी

बेलबारी प्लाष्टिक झोला मुक्त नगर घोषणा

बेलबारीमा पहिलोपटक आदिबासी जनजातिको संस्कार र संस्कृति प्रर्दशनी ( तस्विरहरु सहित)

सुकुना क्याम्पसमा काँग्रेस र नेकपाको शत्ति प्रर्दशन, बिद्यार्थीको भविश्य कता ?

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

तपाईको प्रतिक्रिया

Loading…