तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

इटहरी / इटहरी २० तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता मंगलबार (भोली) बाट हुने भएको छ । सोमबार यहाँस्थित पत्रकार सम्मेलन गरी खेलबारे जानकारी गराइएको हो । सगरमाथा युवा क्लबले आयोजना गर्न लागेको उक्त प्रदेशस्तरीय प्रतियोगिताबारे जानकारी गराउँदै क्लबका सल्लाहकार सिजन गुरुङले राज्यले बास्केटबल लाई ध्यान नदिएको र अन्य खेलहरुको तुलनामा बास्केटल पछाडी परेकाले बास्केटल प्रतियोगिता गराउन लागेको बताए ।

उनले भने, ‘राज्यले बास्केटबल लाई ध्यान नदिएकाले यो खेल लोकप्रिय बनाउनका लागि आयोजना गरेका हौँ ।’ उनले एक बर्ष मात्रै नभई बर्षेनी खेल आयोजना गर्ने जानकारी दिए । प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुलाई नक आउट फरम्याट अनुसार प्रतिष्पर्धा गराइने बताइएको छ । उक्त प्रतियोगिता मोफसलकै ठूलो र पहिलो प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

बास्केटबल खेलको बिकास र खेलको माध्यमबाट आपसी भाइचारा सम्बन्ध स्थापित गराउनका लागि आयोजना गरिएको आयोजककै प्रदीप गुरुङले बताए । खेल क्षेत्रबाट देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनका लागि सहयोग पुग्ने बताउँदै उनले नयाँ खेलाडीलाई पनि अवसर दिने बताए । त्यस्तै, पूर्वाञ्चल बास्केटबलका प्रशिक्षक तथा सुनसरी जिल्ला संघका सचिव बिकास चाम्लिङले बास्केटल खलल सम्भवत नेपालमै प्रदेश १ बाट सुरुवात भएको इतिहाँस रहेकाले देशमा संघीयता आएपछि पहिलोपटक प्रदेश १ मा सबैभन्दा ठूलो प्रतियोगिता हुन लागिएको जानकारी दिए । उनले जिल्ला बास्केटबल संघ सुनसरीको प्राबिधिक सहयोगमा उक्त खेल सञ्चालन हुन लागिएको बताए ।

उक्त प्रतियोगितामा सुनसरी, मोरङ र झापाका गरी १४ वटा टीम सहभागी रहने जनाइएको छ । पहाडी भेगमा खबर गरेपनि सहभागी नहुने भएकाले तीन जिल्लाका १४ वटा टीम सहभागी गराउन लागिएको आयोजकले जनाएको् छ । ५ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेता टीमले नगद ३० हजार रुपैँया, र उपबिजेता टीमले नगद १५ हजार रुपैँया सहित ट्रफि मेडल र प्रमाणपत्र हात पार्ने खेल संयोजक प्रविण राउतले बताए । त्यस्तै, प्रतियोगिताको एम.भि.पि को उपाधि बिजेतालाई नगद सहित विभिन्न पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । करीब साढे तीन लाख रुपैँया लागतमा खेल सम्पन्न गर्ने अनुमान राखिएको बताउँदै राउतले इटहरी उपमहानगरपालिकाबाट पन्ध्र हजार रुपैँया सहयोग पाएको बताए । स्थानीयको सहयोगमा उक्त खेल सम्पन्न गर्न लागिएको हो ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

तपाईको प्रतिक्रिया

Loading…