तरहरा जेसीज सप्ताह : पत्रकारले हराए जेसीजलाई


इटहरी / तरहरा जेसीज सप्ताहको पाँचौ दिन बुधबार तरहरामा मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरी सम्पन्न गरिएको छ । नेपाल पत्रकार महासंघ सुनसरी र तरहरा जेसीजबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको हो ।

तरहरा जेसीजलाई पत्रकार महासंघले १ का बिरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ । तरहरा जेसीजका तर्फबाट शिबु राईले १ गोल गरेका थिए भने पत्रकार महासंघका तर्फबाट भोजराज श्रेष्ठले १ र धिरेन लिम्बुले २ गोल गरी आफ्नो टीमलाई बिजयी गराउन सफल भए । पत्रकारका तर्फबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किशोर कुमार कार्की टिम क्याप्टेन रहेका थिए भने जेसीजका तर्फबाट बिष्णु दुलाल टीम क्याप्टेन रहेका थिए ।

उक्त खेल संयोजक मिलन गुरुङले पत्रकारले देशमा भएका घटनाहरु आम मानिसमा सुसूचित गर्ने भएकाले जेसीज र पत्रकार बीच भाइचारा सम्बन्ध स्थापित गर्नका लागि खेल आयोजना गरिएको बताए । जेसीजका निवर्तमान अध्यक्ष मुकुन्द कुमार कार्कीले विगतका बर्षहरुमा पनि पत्रकार र जेसीज बीच खेल सञ्चालन भएको र यो बर्ष पनि आयोजना गरिएको बताए ।

कार्यक्रमका अध्यक्ष बर्ष २०१८ का अध्यक्ष निरकाजी गिरी (शेखर) ले खेल क्षेत्र शारीरिक हिसाबले स्वस्थ र पत्रकार र जेसीज बीचको सम्बन्ध स्थापित गर्ने उदेश्यले आयोजना गरिएको बताए । मुल संयोजक रीता भुषालले स्वागत मंतब्य राखेकी थिईन् भने महासचिव विकास बनको सञ्चालनमा उक्त खेल स्रम्पन्न गरिएको थियो । १० गतेबाट सुरु भएको उक्त सप्ताह आगामी शनिबार तरहरामा बहादुर तामाङको संयोजकत्वमा लोकनृत्य प्रतियोगिताको आयोजना गरी समापन गरिनेछ ।

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्सले चुम्यो ट्रफी

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : इमोर्टल्स र होराइजन फाइनलमा

प्रदेशस्तरीय बास्केटबल : इमोर्टल्स, अन्डर डक्स, होराइजन बी र सप्तरङ्गी क्वाटरमा

प्रदेशस्तरीय बास्केटबल प्रतियोगिता : तरहरा ए र होराइजन ए क्वाटरमा

तरहरामा प्रदेश १ स्तरीय बास्केटबल प्रतियोगिता भोलीबाट

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

तपाईको प्रतिक्रिया

Loading…