बिदेश जानेको बिपत्ति,न धन न श्रीमति

बेलबारी  / मोरङको केराबारी ४ का कुशल लिम्बु १ बर्षअघि मिठो खाने र राम्रो लगाउने सपनाका साथ सुनसरीको इटहरीमा रहेको १ मेनपावर कम्पनी मार्फत साउदी अरब पुगेका थिए ।

बिदेश जानुअघि त्याहाँ पुगेर के काम गर्ने र त्यो काम गरेवापत आफुले कति पारिश्रमिक पाउने केही थाहा थिएन । कमजोर आर्थिक अबस्था भएकै कारण बैेदेशिक रोजगारीमा जाने उनले सोच बनाएका थिए ।

जसोतसो ऋणपान गरेर उनी बिदेश त पुगे तर पुगेको ४ दिनसम्म एअरपोर्टमा उनलाई लिन कोही पनि आएन । ४ दिनसम्म पानीमात्र पिएर बसेका उनलाई लिन ४ दिनपछि एकजना ब्यत्ति आए र कम्पनीमा लगे ।

उनलाई त्यतिखेर आफनो कामको बारेमा थाहा भयो कि उनलाई त भेडा चराउने कामका लागि त्याँहा लगिएको रहेछ । कम्पनी राम्रो छ काम बाहिर गर्नुपर्दैन,महिनामा ३० हजारभन्दा बढी कमाई हुन्छ भन्दै दलालले बाँडेको सपना सम्झेर उनको आँखाबाट त्यतिखेर आँसु झरयो जतिबेला उनी बालुवा नै बालुवाको मरुभुमिमा भेडा चराईरहेका थिए ।

घरमा श्रीमति २ साना छोराहरु उनले सम्झिए । उनीहरुकै भबिश्यका लागी उनले मरुभुमिमा पनि सुन्दर सपना खोज्न थाले । कहिलेकाँही घरमा उनको फोन हुन्थ्यो । घरमा परिवारलाई पिर हुन्छ भनेर उनी आफुले पाएको दुख कहिल्यै भन्दैनथे ।

उनी श्रीमतिलाई भन्थे तिमी राम्ररी घर चलाऊ,म चाडै आउँछु अनि खुसीसाथ बसौला, छोराहरुलाई राम्रोसँग पढाऊ,म खर्च पठाईदिन्छु । मरुभुमिमा पसिना बेच्दै उनी सपना देख्थे दुख गरेर भएपनि २ बर्षमा केही रकम जम्मा गर्ने अनि घर गएर परिवारसँग खुसी साथ बस्ने,छोरो हरुलाई राम्रो शिक्षा दिने र आफुजस्तै दुख उनीहरुले नपाउन उनको चाहना पनि यहि थियो ।

उनी बिदेशमा रुपैया जम्मा गरेर घरतिर पठाउँदै गए यो क्रम करिब एक बर्षसम्म चल्यो । यता घरमा श्रीमतिले सो रकम मोजमस्तीमा प्रयोग गर्न थालिन र गाँउकै एकजना युबकलाई च्यापेर कुलेलाम ठोकिन । लिम्बुको सपना त्यतिखेर चकनाचुर भयो जतिबेला उनले श्रीमति रुपैया सहित बोकेर छिमेकी सँग फरार भएको खबर फोनमार्फत पाए ।

आखिर जसका लागी उनले मरुभुमिमा गएर दुख गरे २ चार पैसा नखाई नखाई पनि जोडे आखिर त्यो नै नरहेपछि उनी स्वदेश फर्किए । उनले श्रीमति भगाउने बिरुद्ध केही ठाँउमा उजुर पनि गरे तर के गर्नु आफैले कमाएको सम्पत्ति र आफुलाई भन्दा बढी माया गरेकी श्रीमति आफनै घरछेउमा होटल खोलेर बसे । उनको उजुर कहिल्यै पनि सुनुवाई भएन ।

लिम्बुले दुखी हुदै भने ,के गर्नु अझैपनि श्रीमति फिर्ता आए म स्वीकार गर्न तयार छु । यत्रो समय बिदेशमा कमाएको सम्पति १ लाख ९० हजार पनि गयो अनि श्रीमतिपनि, समाजलाई कतिचोटी भनियो तर प्रमाण पुगेन भन्दै २० हजार मात्र फिर्ता पाईयो , अहिले घर न घाटको भईयो न श्रीमति न सम्पत्ति ।
यता मोरंगको सुन्दरहरैचा ८ का रमेश दहाल पनि अनगन्ती सपना बुन्दै ६ महिनाअघि मलेशिया पुगे । ८० हजार ऋण लिएर मलेशिया पुगेको ३ महिना बित्न नपाउँदै उनकी श्रीमतिले पनि एक बस चालक सँग कुलेलाम ठोकिन । उनले चाहि कहि उजुर पनि गरेनन र बिदेशबाट पनि फर्किएनन । दहालका बुबा कृष्ण बहादुरले भने जे हुने भइहाल्यो खोजी गर्दा गाँउघरमा थाहा हुन्छ ,इज्जत जान्छ । जाओस आएपछि अर्को बिवाह गरौला उतै बस भनेपछि उ नआएको हो ।
यसरी श्रीमान रोजगारीका लागि बिदेशिएपछि अर्कैसँग कुलेलाम ठोक्नेको संख्या बग्रेल्ती छन । बिदेशबाट खर्च आउने अनि खर्च भएपछि मोजमस्ती पनि धेरै हुने र यहि अबस्थामा कति महिलाहरु अर्कै पुरुषसँग उठबस र सहबास गर्ने र एकअर्कासँग छटन नसक्ने भएपछि उसैसँग बिवाह गर्ने भएका कारण यस्तो समस्या आउने गरेको जानकारहरु बताँउछन ।

यसरी बिदेश गएर फर्कदा आफुले कमाएको सम्पत्ति पनि नहुने र श्रीमति पनि नहुने गरेका उदाहरणहरु प्रशस्तै भएपनि यस्ताखाले उजुरीहरु आफुहरुसँग कमै आउने गरेको पौरखी नेपालकी मोरङ सचिब राधा ढकाल बताँउछिन ।

उनका अनुसार मोरंगमा मात्र यस्ताखाले समस्या बार्षिक रुपमा सयौ हुने गरेको भएपनि यस्ता खालका उजुरी कम पर्नुमा समाजमा इज्जत जाने र समाजले पनि हेप्ने भएका कारण यस्ता समस्या उजुरीका रुपमा कम पर्ने गरेको उनको तर्क छ ।

तपाईको प्रतिक्रिया