माइकल आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुग्यो

वासिङ्टन/  अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ ।

फ्लोरिडा प्यानह्यान्डलमा सबैभन्दा बढी क्षति गरेको २० दिनपछि मृत्यु हुनेको पछिल्लो संख्या सार्वजनिक भएको हो । फ्लोरिडापछि यस आँधीले मध्य अमेरिकामा पनि व्यापक क्षति गरेको थियो । यहाँ १३ जनाभन्दा बढीको मृत्यु भएको थियो ।

अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया