बालगायक अशोक दर्जीको घरझगडामा जातिय रंग

मोरङ । केही महिना अघि सामाजिक सञ्जाल र युटयुब मार्फत एकाएक स्थापित भएका बालकलाकार अशाोक दर्जी यतिबेला चर्चाको शिखरमा रहेका छन । उनका केही गित रेकर्ड समेत भएका छन । सडकमा गाँउदागाँउदै एकाएक सेलिब्रेटी बनेका अशोकलाई देश तथा बिदेशबाट उनका शुभचिन्तकहरुले अपार माया दिए जस्का कारण उनले नयाँ घर र नयाँ जिवन समेत पाए । उनको परिवार हाल त्यहि नयाँ घरमा छ । उनको बिषयलाई लिएर बेलाबेला चर्चा र बिवाद दुबै हुने गरेको छ । शुरुमा उर्लाबारीको स्थानीय एक बिद्यालयमा निशुल्क शिक्षाको प्रबन्ध मिलाईएपनि हाल उनी गायक तथा संगितकार टंक बुढाथोकीको संरक्षणमा काठमाण्डौमा रहेका छन । उनलाई यहि राख्ने कि काठमाण्डौ लैजाने भन्ने बिषयमा समेत ठुलै बिवाद देखिएको थियो । अन्तत उनी काठमाण्डौ गए र उनको चर्चा भएपनि बिवाद केही कम भएको थियो ।

केही दिन अघि उनको घरमा भएको घरझगडाले फेरी अर्को बिकराल रुप लिएको छ । चाडपर्व मनाउने क्रममा मदिरा सेवन र उनको घरमा भएको झगडा बाहिरिएपछि अर्कै रुप लिएको छ । यतिसम्म की उनको घरझगडामा जातिय रंग पोत्ने काम समेत भईरहेको छ । केही धमिलो पानीमा माछा मार्न पल्किएकाहरुले यो घरझगडालाई यतिबेला अन्तराष्ट्रिय स्तरसम्म पुर्याउन उद्धत देखिन्छन ।

भएको के थियो ?

केही दिनअघि एक साँझ अशोकको नयाँ घरमा परिवारका बिच झगडा भयो । मदिराका कारण भएको सोही झगडाले उग्र रुप लिँदा छरछिमेकी हुँदै केही युटयुब मिडियामा पुग्यो । युटयुबले सामान्य झगडाहरुमा फुलबुट्टा भरे । पछि यो बिषयमा जातिय रंग पोत्ने काम समेत भयो । सानो जात र ठुलो जात भन्दै मिडियाहरुमा यो बिषयले प्राथमिकता पायो । स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा झगडा मिलाउने र अशोकका बुबा आमाले माफी माग्ने काम भएपनि यो बिषय टुंगिएन । यो बिषयमा फुबुट्टा भर्दै अघि बढाईयो । अन्तत यो बिषयले सामाजिक सञ्जाल र युटयुबमा भाईरल भयो ।
अशोक दर्जीका लागी निर्माण गरिएको नयाँ घर र छिमेकीहरु सँग खासै समन्वय हुन नसक्दा यो घटना भएको प्रष्ट छ । यो घटनालाई जातिय रंग पोतेर अघि बढाउनु भन्दा पनि फेरी अर्काेपटक यस्तो नगर्ने सहमतिमा टुंग्याउनु जरुरी देखिन्छ । यस्ता घटनाले बालकलाकार अशोकको भविश्यमा समेत गम्भिर असर पर्ने निश्चित छ । तसर्थ उनले र उनलाई सल्लाह दिनेहरुले सकरात्मक सल्लाह र सुझाब दिनु उपयुक्त हुन्छ ।

तपाईको प्रतिक्रिया