बेलबारीको सहारा यसरी बन्यो बेसहारा

बेलबारी । अनाथ र असाहयहरुको रेखदेख र पालनपोषणका लागी दुई दशकअघि मोरङको बेलबारी २ लालभित्तिमा स्थापना भएको साहरा आर्थिक अभावमा आफै बेसहारा भएको छ ।

बिभिन्न क्षेत्रका नगारिकहरुको सहयोगमा बि.स २०५५ भदौ ३ गते देखि सञ्चालनमा आएको सहाराको भवन अहिले जिर्ण अबस्थामा रहेको छ भने संरक्षण र उचित ब्यबस्थापनको हभावमा सो भवन बेसाहारा बनेको छ । तत्कालिन सांसद हर्कमान तमाङले आफनो गाँउको बिकास गर्न भन्दै सहाराभवन बनाएका थिए । आफनो उमेर र कुरा बिकेसम्म लागी परेर उत्त भवन बचाए पनि हाल सो भवन साहाराबिहिन बनेको उनी गुनासो गर्छन ।

देशमा चर्किएको १० बर्षे आन्दोलनको आगो बलिरहेको समयमा संचालन आएको सहारा भवन आर्थिक अभाव भएपछि आफै बेसाहारा बनेको तामाङले बताउँछन । तिनपटक सम्म सांसद भइसकेका तामाङले आफु पदमा रहेका बेला हारगुहार गरेर चलाएको संस्था अहिले धरापमा पर्दा दुख लागेको उनको गुनासो छ । त्यो भवन निर्माणदेखि हालसम्म बिरोध गर्ने मात्रै धेरै भएको र त्यसको संरक्षण गर्नुपर्छ भनेर कोहि पनि नआएको उनको गुनासो छ ।
एक बिगाह ९ कठ्ठा जमिन समेत रहेको सहारा भवनमा बस्ने वालवालिका १० बर्षे जनयुद्धको समयमा तत्कालिन आन्दोलनरत पक्ष र सरकार पक्षको द्धन्दको चपेटामा परेपछि हिँडेका थिए । केहि बर्ष सम्म सोचेभन्दा राम्रो चलेको साहारा चन्दा आतंक बढेपछि धराप बन्दै गएको थियो । अहिले उत्त भवनमा कबिर माध्यमिक बिद्यालयमा अध्यरत दृष्टिबिहिन वालवालिका र सहित अन्य २८ परिवार त्यहाँ बसोबास गर्दै आएका छन ।

द्युईतले सो भवन अहिले बस्न समेत असुरक्षित हुन थालेको छ । पटक पटक आएको भुकम्पका कारण उत्त भवनमा अहिले बसोबास गर्न समेत समस्या भएको सहाराका अध्यक्ष शिब बराल बताउँछन । जिर्ण भएका भवनहरुको ब्यबस्थापन गर्न तथा सहारामा बस्नेहरुलाई सहज जिबिकोपार्जन गर्नका लागी केही उद्योगहरुको स्थापना गर्ने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया