क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

तरहरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा विक्री गरेको संख्याभन्दा थोरैको विला काटेर भ्रष्टाचार गरिएको खुलासा भएको छ । शुक्रबार राती ९ बजे ८० वटा नरिबलको बिल काटेर ३ सय भन्दा बढी नरिवल निकासा गरिएको पाइएको हो । तीन दिनअघि सुरक्षा गार्ड राखेपछि उक्त कुराको खुलासा भएको हो । बिल भन्दा धेरै नरिवार बाहिर लैजान लागेको पाइएपछि सुरक्षा गार्डले पक्राउ गरेका थिए । स्थानीय मोहन दंगालका अनुसार रातको समयमा आउँदै गर्दा सोही समयमा नरिबल ल्याएको र कम बिल भएका कारण नरिबल पक्राउ गरिएको हो ।

क्षेत्रीय कृषि अनुसन्धानमा यसअघि पनि ४ केजी माछाको बिल काटेर ४० केजी माटा निर्यात गरेको उनको आरोप थियो । ‘म आँफै माछा किन्न आउँदा पाईँन, तर यहाँ ४ केजी माछाको बिल काटेर ४० केजी माछा लगियो,’ उनले भने, ‘नरिबल दिउँसै पनि लान सकिन्थ्यो, रातको समयमा किन लगियो ?’ उनी आँफू जन्ती राख्नका लागि जाँदा नरिबल ल्याउँदै गरेकाले शंका लागेको बताए । उनले क्षेत्रीय कृषि अनुसन्धानका कर्मचारीहरुले मनपरी गर्ने गरेको आरोप लगाए । ‘हामी यहिँका बासिन्दाले यहाँबाट पैसै तिरेर पनि केही सामान पाउँदैनौँ’ उनको आरोप थियो ।

अर्का स्थानीय बिकास फुयाँलले पनि यहाँ सधैँ भ्रष्टाचार हुने गरेको आरोप लगाए । उनले ८० दाना नरिबलको बिल काटेर तीन सय दाना नरिबल रातको समयमा लैजानु व्यापक भ्रष्टाचार भएको बताए । ‘यहाँ कर्मचारीहरुले सेटिङ गरेर सबै काम मिलाउँछन्’ उनले भने । यी माथिका केही घटना प्रतिनिधि मात्र हुन् । यसअघि तत्कालिन क्षेत्रीय निर्देशक रामबलि साह, लेखापाल सोभितलाल यादव र प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलको कार्यालयमा करीब तीन दर्जन बढी कर्मचारीहरुले सामूहिक रुपमा तालाबन्दी गरेका थिए । उनीहरुले गोप्य रुपमा नै अनियमित कार्य गरेको भन्दै तालाबन्दी गरेका थिए । त्यस्तै यसअघि कुखुरा बिक्री गर्दा समेत कम बिल काटेर बढी कुखुरा निर्यात गरेको तथ्य फेला परेको थियो ।

पक्राउ गरिएको नरिबल ।

यता यस विषयमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा एक महिना अगाडि मात्रै आएका क्षेत्रीय निर्देशक टीकाराम चापाँगाईँसँग बुझ्दा बिल भन्दा बढी लगेमा कारवाही हुने बताए । ‘हाम्रै कर्मचारीबाट अनियमित भएको भए हामी कारवाही गर्छौ,’ उनले भने, ‘यो पब्लिकको पनि बाटो हो, कहाँबाट नरिबल आयो भन्ने नै थाहा छैन ।’ कृषि अनुसन्धानको भन्दा बाहिरको नरिबल भए रातको समयमा कसरी लगियो भन्ने प्रश्नमा उनले आँफूले यो विषयमा अनुसन्धान गरेर मात्रै बोल्ने बताउँदै यसलाई पोजेटिभ रुपमा लिन बताए ।

‘हामीले यहाँको नकारात्मक कुराहरुलाई कन्ट्रोल गर्न नै सुरक्षा गार्ड राखेका हौँ,’ उनले भने, ‘राजश्व नतिरि सामान लैजान पाईँदैन यहाँका कर्मचारीले गल्ती गरेको थाहा भए कारवाही गर्छौँ ।’

Purbeli TV

इटहरीमा बसेर खोज तथा समसामयिक बिषयमा कलम चलाउनुहुने रेग्मी पूर्वेली न्युजका सहकर्मी हुनुहुन्छ ।

विवेक विवश रेग्मीबाट थप

१५ बर्षीया बालिका : जसले बुबा गुमाएको २१ दिनमै गुमाइन् आमा

टेग्रा किनारमा भविष्य कोर्दै बिपन्न बालबालिका

लैङ्गिक हिंसामुक्त इटहरी बनाउन जोड

कवि भिखारीले भने–‘तिमीले राम्रो भनेपछि…’

तरहरा जेसीज सप्ताह : नृत्यमा कोशी कलेज प्रथम

दसैँ यात्रा २०७५ : कष्टपूर्ण तर अविस्मरणीय यात्रा (यात्रानुभूति)

जेसीज सप्ताह : खुल्ला दौड प्रतियोगितामा याङ्देव

दसैँ कसरी मनाऊँ ! देशमा कलह बढेको छ

क्षेत्रीय कृषि अनुसन्धान तरहरामा भ्रष्टाचार : कम बिल काटेर बढी सामान निर्यात

महिला बचतको २१ औँ स्थापना दिवसमा सम्मान

तपाईको प्रतिक्रिया

Loading…