घुस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियामा कार्यरत प्रहरी निरीक्षक गणेशसिंह महताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार प्रहरी निरीक्षक महताले स्थानीय महिला सञ्जालकी अध्यक्ष मैया पौडेलसँग मिलेमतो गरी अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई छुट्याइदिने भन्दै रु ३० हजार घुस लिएको अभियोग लागेको छ । आयोगले प्रहरी निरीक्षक महत्ता र स्थानीय महिला सञ्जालकी अध्यक्ष पौडेल दुवैलाई जरिवाना र कैद सजाय माग गरी आज मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले आजै विराटनगर महानगरपालिका घरजग्गा सम्पत्ति कर शाखामा कार्यरत खरिदार तीलकमणि पोखरेल र कार्यालय सहयोगी बुधलाल सरदारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । घर बहाल कर र सम्पत्ति करवापत राजश्व मिलाएर काटिदिने भन्दै सेवाग्राहीसँग रु १३ हजार घुस मागेको अभियोग उहाँहरुमाथि लागेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…