धरानमा बादरको समस्या जस्ताको तस्तै

धरान / धरानेहरुका लागि बादर ठूलो समस्याको रुपमा देखा परेको छ । हुलका हुल आएका बादरले विजुली पोल हल्लाउने, तारमा सर्ट गराइदिनेमात्र हैन, सुरक्षका लागि राखिएका सिसी क्यामेरा फुटाइदिने लगायतका उपद्रो मच्चाएर धरानेहरुलाई हैरानी बनाउने गरेको छ । केही समय अगाडि धरान १२ छाताचौकमा हुलका हुल बादर आए । ती सबै बजारको एक दिशातर्फ अर्को दिशा जाने क्रममा पोलमा राखिएको तारलाई प्रयोग गरे । तर त्यहा एक्कासी तार सर्ट भए आगो लाग्ने समस्या भयो र सबैको भागदौड मच्चियो ।

यस्तै धरानको सुरक्षालाई मध्यनजर गरी राखिएका चौकका सिसी क्यामेरा समेत बादरले फुटाइदिने, फ्यालिदिने गरेका कारण अहिले सुरक्षाकर्मीलाई सुरचक्षा चूनौति बढेको छ । यी त बादरले गरेका उपद्रोको केही उदाहरणमात्र हुन् । बादरल सर्वसाधारणको भान्सामा गएर पकाएको भात खाइदिने, बजारमा बेच्न राखिएका फलफूल टिपेर खाइदिने लगायतका समस्या अहिले धराने जनताको दिनचर्या नै बनेको छ ।

लामो समयदेखि समस्या भोगेका धरनेहरुले २०७० सालमा प्राध्यापक सकुल श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय बादर पीडित संघर्ष समिति गठन गरे । धरान २ निवासी श्रेष्ठ लगायत उहाको समितिले बादरका समस्या समाधानका लागि धरान उपमहानगरपालिका, इलाका वन कार्यालय लगायतका सम्बन्धित निकायमा ज्ञानपनपत्र बुझाए । बादरले गरेको चकचकका कारण हैरानी व्यहोर्नु परेका उनीहरुका लागि धरान उपमहानरपालिकाल बादर स्तान्तरण गर्ने योजना बनायो । बादर विज्ञ ल्याएर समातेर चारकोशे जगलतिर लगे पनि अहिले फेरि समस्या ज्युको त्यू रहेको छ । बादरका कारण बसाई सर्ने अवस्थामा पु¥याएपछि आफूहरुले पटक पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा पनि समस्याको सुनुवाई नहुदा अहिले झन विकराल बन्दै गएको संघर्ष समितिका संयोजक श्रेष्ठ बताउनुहुनछ ।

विगतमा जंगल केन्द्रित बादरहरु अहिले सहर केन्द्रित भएकै कारण यस्तो अवस्था आएको संयोजक श्रेष्ठको भनाई छ । दिनपतिदिन जंगल मासिनु बादर बजार पस्ने मुख्य कारण भएका उहाको दाबी छ । बादरको समस्या समाधानका लागि पटक पटक संघर्ष गदै आएको यो संघर्ष समिति अहिले भने चुपचाप झै छ । तर पनि मुलुक नया संरचनामा गएपछि भने समाधानमा केही पहल गरिदिन्छन् भन्ने आशा भने मरेको छैन ।

विगतमा धरानको २, ३ र ६ वडामा मात्र केन्द्रित बादरहरु अहिले धरानका सबै वडामा पुग्ने गरेका छन् । धरानमा य्स्री उपद्रो मच्चाउने बादरको संख्या २ सयदति तीनसय सम्म रहेको पीडितहरुको भनाई छ । बादरकै कारण कुनै दिन ठूलो दुर्घटना निम्तिने प्रवल सम्भावना छ । त्यसैले यसतर्फ सम्बन्धित पक्ष गम्भीर भएर लाग्न जरुरी छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया