बंगबन्धु गोल्डकप को खेल तालिका सार्बजनिक

अक्टोबर १ तारिख देखि बङलादेश मा हुने बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप को खेल तालिका आज सार्बजनिक भएको छ । डिफेन्डिङ च्याम्पियनसिप समेत रहेको नेपाल यस पटक समूह ” ए ” मा रहेको छ । समूह मा नेपाल सहित प्यालेस्टाइन र ताजकिस्तान रहेका छ्न भने समुह ”बि” मा बङलादेश ,लाओस र फिलिपिन्स रहेका छ्न ।

बंगलादेशमा हुने पाँचौ संस्करणको बंगबन्धु अन्तराष्ट्रिय गोल्डकप फुटबलको पहिलो खेलमा नेपालले ताजकिस्तानसंग खेल्ने भएको छ । बंगलादेश फुटबल फेडेरेसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो प्रतिद्वन्द्वी ताजकिस्तान परेको हो । समूह ‘ए’ मा रहेको नेपालले ताजकिस्तानसंग अक्टोबर २ मा खेल्नेछ । यस्तै नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसंग अक्टोबर ६ मा खेल्नेछ ।

बंगबन्धु गोल्डकपको सेमिफाइनल खेल अक्टोर ९ र १० तारिखमा हुनेछ भने फाइनल खेल १२ तारिखमा हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भने नेपालले जितेको पुरस्कार राशी नपाएसम्म प्रतियोगितामा भाग नलिने बताएको छ । एन्फाले २८ तारिखसम्म आयोजकलाई पैसा उपलब्ध गराउन आग्रह गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया