मुस्लिम अगुवाहरुले भने ‘गृहमन्त्री नआएसम्म शव उठ्दैन’

इटहरी । सुनसरीमा गोली प्रहार गरि हत्या गरिएका खुर्शिद आलमको बिषयमा गृह मन्त्री रामबहादुर थापालाई मुस्लिम अगुवाहरुले जानकारी गराएका छन् । काठमाण्डौ स्थित मुस्लिम समुदायका नेता तथा ओलमाहरूले थापालाई भेटेर घटनाबारे जानकारी गराउँदै हत्यारालाई समातेर कानूनी कारवाही गर्न र उच्च स्तरीय छानवीन समिति गठन गर्न माग गरेका हुन् ।

पुर्व सांसद तथा मन्त्री जाकिर हुसैनको नेतृत्वमा गृहमन्त्रालय पुगेका प्रतिनिधि मण्डलले घटनास्थलमा गृहमन्त्री स्वयं नै उपस्थित हुनुपर्ने माग समेत गरेका छन् । उक्त प्रतिनिधि मंण्डलले गृहमनत्री स्वंय भुटाहा गएर मृतकका परिवार र आम जनतालाई आश्वस्त नपारेसम्म लाशलाई पोष्टमार्टममा जान नदिने र लाशसमेत न बुझ्ने अडान लिएका छन् । ‘भुटहामा आक्रोशपूर्ण माहौल बनेको छ, भारतिय प्लेट र अर्को बिना नं प्लेटका दुई मोटरसाइकलमा सवार हत्याराहरूले भुटाहा जस्तो व्यस्त बजारमा फायर गरी मान्छे मारेर सजिलै भाग्न सफल हुनु सामान्य घटना नभएको हुसैनले भने । उक्त प्रतिनिधि मंडलले गृहमन्त्री समक्ष भने ‘तपाई स्वंय त्यहाँ उपस्थित भएर आश्वस्त पार्नुपरो, अन्यथा हामि शव उठ्न दिन्नौं’ ।

उनीहरुले स्थानीय प्रशासनको भूमिकामाथि समेत आम जनताले अविश्वास व्यक्त गर्दै सडकमा आक्रोश पोखिरहेका बताएका थिए । जवाफमा गृहमन्त्री थापाले शान्ति सुरक्षा र हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई निर्देशन दिएको र आवश्यक कारवाही हुने आश्वासन दिएका छन् । मृतक इस्लाही पूर्व नेकपा एमालेका जिल्ला सल्लाहकार थिए ।

नेकपा सुनसरीको भर्त्सना

सुनसरीको भुटाहामा हत्या गरिएका खुर्सिद आलमको हत्याको नेकपाले भत्र्सना गरेको छ । नेकपाका जिल्ला नेतासमेत रहेका आलमको हत्याको विरोधमा पूर्व एमाले र पूर्व नेकपा माओवादी केन्द्रका सुनसरी प्रमुखले संयुक्त हस्ताक्षर गर्दै विज्ञप्ति निकालेका छन् ।

विज्ञप्तिमा पूर्व नेपाल सरकारसँग तीन वटा माग गरिएको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषी पत्ता लगाउन उच्चस्तरीय आयोगको निर्माण गर्न, भुटाहा क्षेत्रको शान्ति सुरक्षा  मजबुत बनाउन र मृतक आलमलाई राज्यले सम्मान गर्दै परिवारलाई उचित क्षतिपूर्ति दिन नेकपा सुनसरीले माग गरेको छ ।

पूर्व एमाले जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र पूर्व माओवादी केन्द्रका कार्यवाहक जिल्ला संयोजक योगेन्द्रप्रसाद मण्डलले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । घटनास्थलमा प्रहरी ४५ मिनेट ढिलो पुगेको भन्दै प्रहरीको ढिलासुस्तीप्रति पनि विज्ञप्तिमा विरोध गरिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया