चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

झन्डै १२ वर्ष लामो संक्रमणकाल, तिनै तहको निर्वाचन सम्पन्न भएसँगै समाप्त भएको छ । नयाँ सरकार गठन भए सँगै संक्रमणकालका अवशेष समेत समाप्त भईसकेको छ । मुलुक संघियतामा गएको छ । ७ वटा प्रदेश मार्फत संघियताको अभ्यास भईरहेको छ । प्रदेशको स्थानी राजधानी र नामका बिषयमा मत भिन्नता कायमै छ । २ वटा प्रदेश बाहेक अन्य प्रदेशमा यी बिषयहरु टुंग्याउन सकिएको छैन । यहि बिचमा आफुलाई सञ्चार माध्यायम मार्फत सच्चा पहरेदारको रुपमा सत्य, तथ्य, निष्पक्ष, जनमुखी र पारदर्शी डिजिटल पत्रिकाको रुपमा उदाएको पूर्वेली न्यूजले आजबाट चौथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रबेश गरेको छ ।

मोफसलबाट सञ्चार माध्यायम सञ्चालन गर्नु फलामको च्युरा चपाउनु सरह नै हो । त्यसमाथि डिजिटल पत्रिकाको अभ्यास गर्नु कम चुनौतिपुर्ण थिएन । ब्यबसायिक रुपमा अन्य सञ्चारमाध्यायम समेत धराशयी बनिरहेको अबस्थामा डिजिटल पत्रिका प्रकाशन, प्रसारण गर्ने आँट र सहास जुटाउनु नै ठुलो कुरा हो । कुनैपनि पेशा अंगाल्न सहज र कम चुनौतिपुर्ण छैन र हुँदैन पनि । अझ सञ्चार क्षेत्रमा निरन्तर पाठक र शुभचिन्तकको मन जितेर अगाडी बढनु त झन कठिन बिषय हो । बदलिँदो समाज सँगै पाठकले चाहेजस्तै सुचना र मनोरञ्जन प्रदान गरेर आफुलाई उत्कृष्ट सावित गर्नु ज्यादै कठिन छ । नेपालमा प्रेस काउन्सिलमा दर्ता भएका र नभएका गरी झण्डै १३ हजार अनलाईन न्यूजका बिचमा आफुलाई अब्बल सावित गर्नु र अरुभन्दा भिन्न पह्चिान बनाउनु कम चुनौतिपुर्ण काम होईन । सत्य, तथ्य, निष्पक्ष र पारदर्शी सञ्चारमाध्यायमका रुपमा आफुलाई स्थापित गर्नु ज्यादै कठिन बिषय हो ।

अनलाईन भनेको झुठको खेती गर्ने, अनाबश्यक समाचार सप्रेषण गर्ने माध्यायम हुन भन्ने आमबुझाई यथावत रहेको छ । भएको छ पनि त्यस्तै औँलामा गन्न सकिने केही अनलाईन बाहेक अन्यले भ्रमको खेति गरिरहेका छन । शिर्षक एउटा, समाचार अर्के, त्यसमा पनि फोटो एउटा बास्तविकता अर्को बनाएर समाचार संप्रेषण गर्ने प्रचलन बढेकै छ । अनलाईनको खेती गरेर डलर कमाउनेहरुको संख्या दिनप्रतिदिन बढदो छ । आर्कषक शिर्षक बनाएर मानिसलाई क्लिक गर्न लगाउने तर सामाग्री अर्कै राख्ने कारण पनि अनलाईनको लोकप्रियता बढेपनी बिश्वसनियता घटदै गएको छ । अनलाईन प्रति जनबिश्वास बढाउन एउटाको मात्र प्रयास काफी नहुन सक्छ, तसर्थ सरकारी तवरबाटै यस्ता गतिबिधिलाई निर्मुल पार्न सञ्चार संयन्त्र प्रभावकारी पार्नु जरुरी छ ।

कुनै देशमा रात पर्दा कुनै देशमा उज्यालो हुने यो बिशाल धर्तिलाई साँघुरो बनाएर एक क्लिकका भरमा अनलाईनले संसारलाई जोड्न सफल भएको छ । संसारका घटनाहरु एक क्लिकमा हामी सहजै उपलब्ध गर्ने अबस्थामा पुगेका छौँ । यो सबै सुचना र प्रबिधिको बिकासका कारण सम्भव भएको छ । यही सुचना र प्रबिधिलाई प्रयोग गरी यो डिजिटल पत्रिकालाई देशकै बिश्वासिलो अनलाईन साबित गर्नुे प्रयासमा हामी मोफसलबाट जुटेका छौँ । हामीलाई अब्बल सावित गर्न धेरै सहकर्मीहरु र हाम्रा पाठक र शुभचिन्तकहरु जुटनुभएको छ ।

२०७२ सालको भुकम्पले धर्ति हल्लाईरहँदा होस या गत बर्ष तराईमा आएको बाढी र पहाडमा गएको पहिरोले थर्काईरहँदा होस हामीले अबिचलित रुपमा सत्य,तथ्य र निष्पक्ष समाचार प्रबाह गर्यौ । समाजमा हुने हरेक बिकृति र बिसंगतिका बिरुद्ध हामीले कलम चलाईरहयौँ, राम्रा कामलाई प्रोत्साहन गर्दै समाजका हरेका गतिबिधिलाई चिरफार गर्न सफल भयौँ । बिकराल परिस्थितिमा हामी कहिले बिचलित भएनौँ, त्यसकै परिणाम स्वरुप आज हामी मोफसल बाट भएपनि स्थापित भएका छौँ ।

प्रदेश नम्बर १ अन्र्तगत सुनसरीको ईटहरीमा कार्यलय रहेको पूर्वेली न्यूजले राजधानीमा रहेर आफुलाई अब्बल सावित गर्न चहाने डिजिटल पत्रिकाहरुकै हाराहारीमा आफुलाई स्थापित गर्न सफल भएको छ । ५ बर्षको छोटो अबधिमा हामीले आफुलाई राष्ट्रिय स्तरमा स्थापित गर्न सफल भएका छौँ । पाँचौ जन्मोत्सबका अबसरमा बिगतमा गरेका राम्रा कामलाई आत्मासाथ गर्दै, खराब कामबाट पाठ सिकेर अगाडी बढदै थप जनमासमा लोकप्रिय बन्दै अगाडी बढ्ने प्रण गर्दछौँ । थप परिष्कृत बन्दै सबै बर्ग, क्षेत्र, समुदायलाई समेटेर सबैको साझा सञ्चारमाध्यायमका रुपमा बिकास गर्दै अघि बढने बाचा समेत गर्दछौ ।

नजिकिँदै गरेका चाडपर्बहरु, बडादशै, तिहार, छठ लगायत सबै जातजाति र समुदायका बिशेष चाडपर्वहरुको अबसरमा सुख, शान्ति, दिर्घायु, समृद्धि, अमनचयन साथै उत्तरोत्तर प्रगतिको शुभकामना सहित यो यात्रामा साथ दिने सम्पुर्ण सहकर्मी, पाठक, बिज्ञापनदाता, शुभचिन्तक देश तथा बिदेशमा रहनुभएका सम्पुर्ण महानुभावहरुमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ ।

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

के प्रदेश सांसदहरु असुरक्षित भएकै हुन ?

प्रदेश १ को राजधानी बिराटनगरको पक्षमा काँग्रेस, बिपक्षमा कम्युनिष्ट

चुनौतिका पहाडबिच छलाङ मार्दै पूर्वेली न्यूज पाँचौ बर्षमा

बलात्कारीलाई फाँसी दिँदा के हुन्छ ?

उर्जामन्त्रीदेखि मुख्यमन्त्रीसम्मको आश्वासन : बाढीले बगाएको एक बर्ष बित्दासमेत बनेन लोहन्द्राको पुल

प्रहरी ईन्काउण्टर फेक की रियल ?

पुर्वमा तिजको लहर आयो बरि लै …..!

युवराजले लिए बेवारिसे नवजात शिशुको पालनपोषणको जिम्मा

कानुन तामाङलाई मात्र लाग्छ, प्रसाई र मार्सी चामल खाने लाई लाग्दैन ?

चिसाङमा पुल नबन्दा सास्ती, झोलुङगे पुलबाट जोखिमपुर्ण यात्रा गर्नुपर्ने बाध्यता (तस्विर तथा भिडियाे सहित)

तपाईको प्रतिक्रिया