चालकको आन्दोलनका कारण यातायात ठप्प, पूर्वमा देखियाे यस्ताे प्रभाव

सुनसरी / नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको  आन्दोलनका कारण पूर्वी नेपाल तथा देशभर सार्वजनिक यातायात ठप्प रहेकाे छ  । सरकारद्वारा जारी गरिएकाे सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै हिजाे मंगलवारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।  जारी गरिएकाे ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकले माग पूरा नभए सम्म यातायात नचलाउने घोषणा गरेका हुन् ।

ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको ,  जन्म कैदको फैसला गर्ने व्यवस्था प्रति  असन्तुष्ट रहेको र  याताायात ठप्प पार्नुकाे बिकल्प नभएकाे  संयोजक शर्माले बताए । पूर्वका झापा, माेरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहनुका साथै हजाराै यात्रुहरू मार्कामा परेका छन् ।

Purbeli TV

तपाईको प्रतिक्रिया