मेयरले नबुझ्दा इटहरीले स्पोर्टस सिटी हुने अवशर गुमायो : सदस्य सचिव बिष्ट

इटहरी। सुनसरी इटहरीका केशव कुमार बिष्ट राष्टिय खेलकुद परिषदको सदस्य सचिव छन । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिवमा विष्ट नियुक्त भएको तीन बर्ष पुरा भएको छ । तत्कालिन युवा तथा खेलकुद मन्त्री पुरुषोतम पौडेलले परिषद् अध्यक्षको हैसियतमा विष्टलाई सदस्य सचिवमा नियुक्त गरेका थिए । यसो त उनले राखेपको सदस्य सचिवमा नियुक्त हुदा आफ्नो कार्यकालमा खेलकुदलाइ स्वर्ण काल बनाउने प्रतिबद्धता जनाएका थिए ।

२०७२ असार १० गते इटहरीका स्थायी बासिन्दा बिष्ट खेलकुद सदस्य सचिव जस्तो पदमा नियुक्त भएपछि इटहरीबासी हर्षित भएका थिए । उनी खेलकुद सदस्य सचिव नियुक्त भएसँगै इटहरीमा पूर्वाञ्चल क्षेत्रीय रंगशालाले पूर्णता पाउने विश्वास इटहरीबसीले गर्न थालेका थिए । यसैमा केन्द्रित रहेर बिष्टसंग पत्रकार अर्जुन सुबेदीसँग गरेको कराकानी ।

एक नम्बर प्रदेशको खेलकुद क्षेत्रको बिकासको लागी के के कामहरु भैरहेका छन ?

एक नम्बर प्रदेशको खेलकुद क्षेत्रको बिकासको लागी मात्र होइन समग्र देशको खेलकुदको बिकासका लागी काम भैरहेका छन । म समग्र देशकै सदस्य सचिव भएको हिसाबले एक नम्बर प्रदेशको लागी मात्र भनेर हुदैन । प्रदेश एक पनि देश भित्रको एउटा प्रदेश भएकाले यो प्रदेशको खेलकुदले फड्को मारोस भन्ने मेरो चहना हो । बिगतमा पनि प्रदेश १ को खेलकुद रामा्रे थियो । अहिले झन रामा्रे हुदै गएको छ । एक नम्बर प्रदेशलाइ नै मात्र भनेर मैले बिशेष ओजना बनाएको हैन । तर गर्दै जांदा एक नम्बर प्रदेशको इटहरी रंगशाला खेलकुदका थुप्रै भौतिक पूर्वाधारले सम्पन्न छ । अझ म त भन्छु नेपालमा खेलकुदका क्षेत्रमा इटहरी रंगशाला पहिलो रंगशाला हो जहा बिभिन्न खेलकुदका १५ वटा खेलको एउटै ठाउमा प्रतियोगिता गर्न सकिने रंगशालाको रुपमा पूर्वाधार बिकास हुदैछ । यो रंगशाला इटहरीको सेन्टरमा रहनुका साथै राजमार्ग छेउमा छ । एक नम्बर प्रदेशकै केन्द्रबिन्दुको रुपमा इटहरी भएकाले प्रदेशस्तरिय प्रतियोगिता गर्न सजिलो भएको र आफ्नै नाममा जग्गा भएकाले गुरु योजना बनाएर काम गर्न सजिलो भएको हो ।

इटहरी रंगशालामा यहाले अन्तराष्टिय स्तरको प्याराफिट बन्ने बताउदै आउनुभएको छ, यस्को तयारी कहासम्म पुग्यो ?

हामीले २६ करोडको लगानीमा अत्याधुनिक प्याराफिट जून पश्चिमबाट पूर्व फर्केको चार तल्लाको बनाउदै छौ । त्यो ३५ सय क्षमताको एउटै ब्लकमा रहेको हुनेछ । यो कामको लागी टेन्डर परेर काम समेत सुरुवात भैसकेको छ । ठेकेदार आएर अनुगमन गरेर पनि गइसकेका छन । अब यो प्याराफिट १० महिनाभित्र सम्पन्न हुनेछ । यो प्याराफिट निर्माण सम्पन्न भैसकेपछी इटहरीको खेलकुद बिकासले ठुलो फड्को मार्छ ।

एक नम्बर प्रदेशको इटहरी बाहेक अन्य क्षेत्रमा खेलकुदको लागी के के काम भैरहेका छन ?

बिराटनगरमा क्रिकेटको लागी भनेर १५ बिघा जमिन छ । त्यहा सुटिंग, एथलेटिक्स, सबटेनिस लगायतका खेलकुदको भौतिक संरचना निर्माण हुदैछ । केही बर्ष अघि सम्म अस्तब्यस्त बनेको बिराटनगरकै शहिद मैदानलाइ हामीले रामो्र बनाइसक्यौ । धरानको स्डेडियममा पनि लगानी भैरहेको छ । मैदान नया किसिमले बनाइरहेका छौ । यस्तै झापाको दमक, भद्रपुर, काकडभिटा, बिर्तामोडमा पनि काम भैरहेको छ । यस्तै एक नम्बर प्रदेशका भोजपुर, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लामा पनि काम भैरहेका छन । अन्य प्रदेशमा पनि यसरी नै काम भैरहेको छ ।

खेलकुद क्षेत्रमा कक्तिको बजेट छुट्याइएको छ ?

अहिले सम्म ४० बर्षमा जति बजेट आयो त्यत्तिनै बजेट पछिल्लो दुइ बर्षमा आएको छ । यक्तिको बजेट त अहिले सम्म नेपालको खेलकुदको इतिहासमा कहिल्यै आएको थिएन । पर्याप्त बजेट आएकाले गर्दा नै सबै खेलकुदका लागी पूर्वाधार निर्माण भैेरहेको छ । अन्य प्रदेशको तुलनामा एक नम्बर प्रदेशमा अलि बढी बजेट परेको छ । किनभने यहाका खेलकुद क्षेत्रमा सक्रिय खेलाडी, पदाधिकारी लगायतको सक्रियताको कारणले पनि हो । त्यसैले यस क्षेत्रका मानिसहरु हर्षित छन ।

इटहरी रंगशाला बनिसक्दा कस्तो हुन्छ ?

अब इटहरी रंगशाला रंगशाला मात्र नभएर इटहरी स्पोर्टस कम्प्लेक्स भनेर चिनिनेछ । किनभने यहा रंगशालाभित्र अहिले राष्ट्रिय प्राथमिकता भित्रका १५ खेललाई पूर्वाधार तयार भैरहेको छ । रंगशालामा तेक्वान्दो भवन निर्माण सम्पन्न भएको छ । रंगशालाको उत्तर–पूर्वमा बनेको दुई हजार दर्शक क्षमताको तेक्वान्दो हलको सम्पूर्ण काम सकिएर केही प्रतियोगिता पनि भैसकेको छ । एथलेटिक्स र फुटबल लगायतको प्रतियोगिता हेर्न दर्शकका लागि अहिले मैदानको उत्तर पूर्वदेखि दक्षिण पश्चिमसम्म १ सय २० मिटर पूर्ण रूपमा तीन स्टेपको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ । ब्याडमिन्टन कोर्टको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ । ६८ लाख लागतमा दुई कोर्टमा प्रतियोगिता र एउटामा अभ्यास खेल खेल्ने गरी आउटडोर भलिबल कोर्टको निर्माण पनि अन्तिम चरण पुगेको छ । भलिबल कोर्टकै नजिक ११ करोड लागतमा भलिबल एकेडेमीको समेत निर्माण सुरु भएको छ । क्रिकेटको इन्डोरप्राक्टिसको लागी रंगशालाको पूर्वतर्फ भवन निर्माणको काम समेत भएको छ । उसुका लागि ६८ लाखको लागतमा ६० फिट लम्बाइ र ४७ फिट चौडाइको हल, जेष्ठ नागरिकका लागि योगा लगायतको प्रशिक्षणका लागि एक करोडको लागतमा दुईतले भवन निर्माण पनि अन्तिम चरणमा पुगेको छ । यो रंशालामा अझै हामीलाइ जग्गा चाहिएको छ । रेशम प्रशोधन केन्द्रको पूर्वपट्टीको जग्गा आवश्यक छ । किनभने यो रंगशालामा क्रिकेट स्डेडियम, स्वीमिङ पूल, खेलाडीहरुको लागी होस्टेल बनाउनुपर्ने छ । अझै ८–१० बिघा जग्गाको खांचो छ । डिभिएक स्कूलको क्रिकेट पिच सम्म जोडिएर पूर्वाधार बिकास गर्न सकेको खण्डमा नेपालकै नमुना स्पोर्ट्स कम्प्लेक्स बन्नेछ ।

इटहरीलाइ स्पोर्ट्स सिटी घोषणा गर्ने काम कहा पुग्यो ?

हामीले ठुलो उत्साहका साथ यसै आर्थिक बर्ष भित्र इटहरी, पोखरा र दाङको तुलसीपुरलाइ खासगरी पहिलो चरणमा एउटा प्रदेशमा एउटा शहरलाइ स्पोर्ट्स सिटीको रुपमा घोषणा गर्ने भनेका थियौ । इटहरीको सम्भाब्यतालाइ अध्यन गरेर हामीले उपमहानगरपालिकालाइ हस्तान्तरण गर्यौ र अग्रह पनि गर्यौ कि चांडै नै इटहरीलाइ पहिलो स्पोर्ट्स सिटीको रुपमा घोषणा गर्नुस । यो घोषणा गर्दा के के लाभ हुन्छ के के फाइदा हुन्छ सबै कुरा बुझाएर मोटो प्रतिबेदन बुझायौ । तर के कारणले हो इटहरी उपमहानगरले स्पोर्टस सिटी घोषणा गर्न सकेको छैन । यो घोषणा गर्ने काम नगरपालिकाको हो । यो नगरपालिकाको दायित्व हो हामो्र अधिकार क्षेत्रको काम होइन । पोखरामा प्रतिबेदन बुझाउन बांकी छ । तुलसीपुरमा बुझाए लगत्तै त्यहाको मेयरले घोषणा नै गर्नुभयो स्पोर्ट्स सिटी भनेर । इटहरीले पहिलो स्पोर्टस सिटी घोषणा हुन पाएको अवशर पनि गुमायो । तर अझै केही बिग्रेको छैन । दोसो्र स्पोर्टस सिटी हुने अवशर बाकी नै छ । यसमा केही समस्या छ, बुझाइमा कमी छ भने हामी अझै बुझाउन तयार छौ ।

Purbeli TV

तपाईको प्रतिक्रिया