कञ्चनपुर घटनामा ‘केही तत्त्व’ले खेलेकाे मन्त्रीपरिषदकाे निष्कर्ष

काठमाडाैँ । कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनामाथि केही अराजक तत्त्वले खेलेकाे मन्त्रिपरिषदकाे ठहर छ । शुक्रबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले घटनाकाे निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा ‘केही तत्त्व’ले खेलेर परिस्थितिलाई उत्तेजक बनाउन खोजेकाे अाराेप लगाएकाे हाे ।

बैठकले साे घटनाप्रति खेद व्यक्त गरेकाे छ । साथै सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता समेत साे बैठकमार्फत व्यक्त गरेको छ । उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।

मन्त्रिपरिषद्काे याे प्रतिबद्धता अाए पनि १३ वर्पीया बालिका निर्मला पन्तकाे बलात्कारपछि भएकाे हत्याबारे महिनादिन बित्न लाग्दा पनि चित्तबुझ्दाे जवाफ सरकार तथा प्रहरी प्रशासनले दि सकेकाे छैन ।

घटनाको छानबिनका लागि गृहमन्त्रालयले गठन गरेको उच्चस्तरीय टोली शुक्रबार बिहान भीमदत्तनगर पुगेको थियो । तर साेही दिन पुन: अान्दाेलन चर्किँदा प्रहरीकाे गाेलीबाट एक किशाेरकाे मृत्यु भयाे । भीमदत्तर नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु जारी छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…