प्रदेश १काे नाम कोशी या सगरमाथा भए युद्ध हुने चेतावनी : कुमार लिङ्देन (भिडियाे सहित)

इटहरी । संघिय लोकतान्त्रीक राष्ट्यि मञ्चका अध्यक्ष कुमार लिगंदेनले प्रदेस नम्वर २ को नामकरण नगरि प्रदेस नम्वर १को गरिए युद्ध हुने चेतावनी दिएका छन ।

लिम्वुवान मार्चपासका क्रममा सुनसरीको इटहरीमा आयोजित कोणसभालाई सम्वोधन गर्दै लिगंदेनले प्रदेश नम्वर २को नामांकरण नगरि प्रदेस नम्वर १ को गरे युद्ध हुने चेतावनी दिएका हुन । उनले लिम्वुवान किराँत र खुम्वान हुदैन भने जवरजस्ती प्रदेस नम्वर १को नामांकरण कोशी र सगरमाथा बनाइए युद्ध पनि वताए ।

लामो समय देखि लिम्वुवान,किराँत खुम्वुवान का पक्षमा वकालत गर्दै आएका लिगंदेनले आदिवासी दिवसका अवसरमा प्रदेस नम्वर १ सरकारले दिएको सार्वजनिक विदा नमान्ने १४वटै जिल्लाका सिडियोहरुलाई कारवाही गर्न प्रदेस सरकारको ध्यानाकर्षण समेत गराए । प्रदेस सरकारले दिएको विदा सिडियोले नमान्नु भनेको संघियताको इतिहासमा कालो दिन भएको भन्दै १४बटै जिल्लाका सिडियोहरुको खारेजी गर नत्र मुख्य मन्त्री राजिनामा दे भन्दै लिगंदेनले मुख्यमन्त्रीको राजिनामा समेत मागे ।

Purbeli TV

तपाईको प्रतिक्रिया