विमानस्थलबाट २० राउण्ड गोलीसहित भारतीय सेनाका कर्नेल पक्राउ

काठमाडौँ / बुद्ध एयरको जहाज चढेर काठमाडौंबाट पोखरा जान लागेका भारतीय सेनाका कर्णेल बलबहादुर पुनको झोलामा २२ एमएमको २० राउन्ड गोली फेला परेको छ।

आइतबार दिउँसो पोखरा जान लागेका भारतीय सेना आसाम राइफलका कर्नेल बलबहादुर पुनको झोलामा गोली भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। विमानस्थलका प्रहरी अधिकारीहरुका अनुसार विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँचअन्तर्गत एक्सरे मेसिनमा चेक जाँच गर्दा गोली भेटिएको हो। पुन चितवनका हुन्। पुन चितवनका स्थायी बासिन्दा हुन्। उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला लगिएको छ।

Purbeli TV

तपाईको प्रतिक्रिया