सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

भाण्टावारी । “सफा राखौं,स्वस्थ बनौं” भन्ने नाराका साथ सुनसरीको भाण्टावारी बजारमा सरोकारवालाहरुले सरसफाई गरेका छन् । कोशी गाउँपालीका वार्ड नम्बर ८ भाण्टावारीद्वारा आयोजित सरसफाई कार्यक्रममा सरोकारवालाहरुले शनिबार भाण्टावारी बजारमा सरसफाई गरेका हुन । वार्ड कार्यालय हुँदै भाण्टावारी बजार क्षेत्रमा झाडुले फोहोर संकलन गरेर सरोकारवालाहरुले सरसफाइ गरेका थिए ।

सरसफाइ कार्यक्रम बिओपी भाण्टावारीका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर भण्डारीको प्रमुख आतिथ्य तथा ८ नम्बर वार्डका अध्यक्ष विन्देश्वर प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो । सरसफाइ समापन कार्यक्रममा स्थानीयहरुले कोशी गाउँपालीका खुला दिशा मुक्त क्षेत्र घोषणा भएपनि अहिले पनि ५० प्रतिशत बढी जनता खुला दिशापिसाब गर्ने गरेको ध्यानाकर्षण गराएको थियो ।

खुला ठाँउमा दिशापिसाब गर्नाले वातावरण प्रदुषित हुने भएको बताउदै अध्यक्ष यादवले खुला ठाँउमा दिशापिसाब नगर्न आग्रह गरेका थिए । सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथि सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले स्वास्थ लागि सरसफाइ अनिवार्य भएकोले आ आफ्नो स्थानबाट स्वच्छ वातावरण बनाउनका लागि योगदान दिन आग्रह गरेका थिए । सरसफाइ कार्यक्रममा स्थानीय समाजसेवी तारादेवी पौडेल,नारायण देव ,जगदीश कामैत,सुरेश यादव,देवकुमार यादव,रविन्द्र प्रसाद साह,उमेश यादव,राजु साह,ऐजुल मन्सुरी,प्रअ मोहित नारायण मण्डल, छोट्केन खत्वे, अकली देवी, एकावरी देवी मण्डल, विमल कुमार यादव, श्याम मुखिया, सिमा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक दिपक पोखरेल सहित स्थानीयबासी, जनप्रतिनिधि, सुरक्षाकर्मी संचारकर्मीको सहभागिता रहेको थियो । सरसफाइ समापन कार्यक्रम पत्रकार मिकाइल आलमले संचालन गरेका थिए ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने अालम पूर्वेली न्युजका इनरूवा सहकर्मी हुनुहुन्छ ।

मिकाइल अालमबाट थप

इनरुवामा बलात्कार विरुद्ध अधिकारकर्मीहरूको धर्ना

बाल बिबाह र दाईजो प्रथा विरुद्धको अभियानमा बबियाका किशोरी

सीमा क्षेत्रमा अपराधिक गतिविधि रोक्न सहकार्य

सरोकारवालाद्वारा भाण्टावारी बजारमा सरसफाई

सडक दुर्घटनामा परी ४० वर्षिय शिक्षक बढुको मृत्यू

बेलुका ७ बजे काेशी अपडेट: पानीको बहाव उच्च

“सेफ जोन” मा तस्करलाई प्रहरीकै संरक्षण

वडाध्यक्षले कमिसनमा गुणस्तरहीन काम गराएको गुनासो

हात्ती आक्रमण बाट कोशी क्षेत्रमा एक जना घाइते (तस्विरहरू सहित)

भाण्टावारीमा सुरक्षाकर्मीको दोहोरो चरीत्र, नरसिंहबाट तस्करीको समान बरामद

तपाईको प्रतिक्रिया