पर्यटक लोभ्याउदै पथरीशनिश्चरे स्थित मनकामना समुदायीक वन

पथरी / सामुदायीक बनमा काठ दाउरा बिक्री हुन छोडे पछि मोरङ पथरीशनिश्चरे १ मा रहेको मनकामना सामुदायीक बनले पर्यटकीय स्थल निर्माण सुरु गरेको छ । बजार अधुनिकीकरण भए संगै घर निर्माण मानिसले आलमुनियम र ग्रिल प्रयोग गर्न थाले पछि आय स्रोतका लागि पिकनिक स्थल, पोखरी र जनावरहरु राखेर पर्यटक तान्न लागेको हो । स्थानिय पर्यटक तथा आस्पासका मानिसहरुलाई लोभ्याउन ६ ओटा पिक्नीक स्पोट तयार गरिएको छ भने भाबि योजनामा स्वमिङ पुल चिल्डेन पार्क निमार्ण गर्ने योजना रहेको अध्यक्ष बसुन्धरा गुरुङले बताउनु भयो ।

बन पौदावार बाट निकासिको आम्दानीले मात्रै सस्था चलाउन गाह्रो भएकाले बनको अनुमतीमा योजना बनाएर सिमसमर युक्त स्थानमा पिक्नीक स्पोट निमार्ण गरि उपभोत्ता र बन बिकाश गर्न लागि परेको सचिव पुष्प लामाले बताउनु भयो । १६ लाख लगानीमा निर्माण भएको २ ओटा माछा पोखरी बाट मात्रै पहिलो बर्ष २ लाख भन्दा माथि आम्दानी रहेको सचिवले बताए ।

हाल बनमा पाहाडमा पाईने लोपोन्मुख प्रजातिका कटुस, चिलाउने, अमृसो, बेद र बास रहेको छ । भने बन्य जन्तुमा चितल, खरायो, चाईनिज कुखुरा, कटक्कनाथ कुखुरा, ट्रर्की रहेको छ । २ सय १३ घर धुरि रहेको उपभोक्ता समुहको ७१.६९ हेक्टर क्षेत्रफल रहेको छ । जस्मा १५ कट्ठामा माछा पोखरी रहेको छ । वन समितीले गएको सोमबार एक वन भोज कार्यक्रमको आयोजना गरि पिक्नीक स्पोटको सुरुवात गरेको छ । भिडियो फाईल जिल्ला सुनसरीको पथरीमा मनकामना सामुदायीक बन भित्र छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

स्कुले विद्यार्थीहरूले यसरी मनाए अन्तर्राष्ट्रिय बाल दिवस (तस्विरहरू सहित)

चर्च ब्वाइजलाई पराजित गर्दै मोरङ फाइनलमा

यमाहाको नयाँ मोडल ले रे जेडआर ‘स्ट्रिट र्याली’ पाथिभरा अटो प्लाजा पथरीमा

मिनरल वाटर बेचेर कमाएकाे पैसा क्यान्सर पिडितलार्इ

गान्धी आश्रमको दोमना पशुहाट जगाउदै स्थानय युवा

ससुराकाे मलामीबाट फर्कने क्रममा माेटरसाईकलकाे ठक्करबाट क्याम्पस प्रमुखकाे मृत्यू (तस्विरहरू सहित)

नालीको फोहोरले सडक पुरिएपछि बजार दुर्गन्धित

जाँतेमा पहिलो पटक वन्यो ७८० मिटर कालोपत्रे बाटो

बिधालयलाई बिभिन्न सामाग्री प्रदान

अखिल नेपाल यातायातमा मजदुर संघमा पुनः मोक्तान

तपाईको प्रतिक्रिया