फेरी पनि फुट्न सक्छ कोशी !!

सुनसरी । सप्तकोशी नदीमा बालुवा भरिएका कारण जोखिम बढ्न थालेको छ । बर्षातको समयमा सातवटा नदी बाट मिसिएर आएको बाढीले बालुवा ल्याउने गरेको कारण अहिले कोशी नदीमा ७ देखि १० मिटरसम्म बालुवा भरिएको छ ।

जस कारण कोशीको सतह बढ्ने गरेको छ । बालुवा भरिएका कै कारण नेपाल तर्फ बाढी पास्न सक्ने जोखिम पनि उतिकै बढेको हो ।  कोशी मुलुककै सबै भन्दा ठुलो र विश्वको दोस्रो बालुवा बोक्ने नदीको रुपमा परिचित छ । प्रत्येक वर्ष वर्षा याममा कोशीले पहाडी क्षेत्रबाट बगाएर ल्याएको बालुवा, माटो ,ढुगां आदिले कोशीको बिच भागको धेरै ठाँउमा टापु बनेको छ । बाढीबाट थुप्रिएको बालुवा र बालुवाले बनेको टापु हटाउने काम नगर्दा दिनप्रतिदिन ब्यारेज उत्तर तर्फका भागहरु जोखिम बनेका छन् ।

२०११ को सम्झौता अनुसार कोशीको सम्पूर्ण भागको मर्मत तथा सफाईको जिम्मा भारतले गर्नु पर्ने छ । तर भारतिय पक्षंले बालुवा निकाल्ने काममा चासो नराख्दा नदीको पूर्वी भाग सुनसरी तर्फ जोखिम बढ्दै गएको छ । भारतिय पक्षले बर्षातको समयमा २४ घण्टा आफ्ना कर्मचारी परिचालन गरी कोशीको रेखदेख गदै आएको छ । तर सम्झौतामा अनुसार भारतिय पक्षले बालुवा निकाल्न डे«जर मेशिन ल्याएपनि आफ्नो अनकुल प्रयोग गर्ने गरेका छन् ।

दुईवटा ड्रेजर मेशिन मध्ये एक बिग्रीएको छ भने एक चालु अवस्थामा छ । कोशीमा जम्मा भएको बालुवा पन्साउनु पर्ने जिम्मेवारी भारतीय पक्षले नगर्दा कोशी क्षेत्रका नेपालीहरु सुरक्षित हुन नसकेको कोशी बिज्ञ एवम रेडक्रसकर्मी रबिन घिमिरेले बताउछन् । नेपाल तर्फ कोशीले त्रास सिर्जना गर्ने मुख्य कारण बालुवा नहटाईनु नै रहेको घिमिरे दाबी गर्छन ।

२०६५ मा कोशी फुट्नुमा पनि बालुवा भरिए कै कारण मानिएको छ । त्यस समय पनि पूर्वी तटवन्धन भत्काउदा सुनसरीका तत्कालीन पश्चिमकुशाह, श्रीपुर, हरिपुर, लौकही र मधुवन गाविस क्षेत्रमा ठुलो नोक्सानी पुराएको थियो भने खेतियोग्य जमिन बालुवाले भरिएको थियो ।
अहिले कोशी नदीको बिच भाग र ब्यारेज आसपास बालुवा जमेको कारण नदी किनारमा बनेका तटवन्धनलाई धक्का दिने तथा कटान गर्ने गरेको छ ।

गत बुधबार मात्र ५ बर्षयता कै उच्च मापन अनुसार कोशीमा दुईलाख ७२ हजार ७५० क्युसेक पानी डिस्चार्ज भएको थियो । बराहक्षेत्रको मापनले नै कोशीमा संम्बेदनशिल अबस्था दर्साउने गर्छ । बुधबार कोशीमा आएको बाढीले २६–४० र २६–८८ नंम्बरको स्परमा धक्का दिएको छ । जसले गर्दा राजावास क्षेत्रको सडक आसपास सम्म बाढी छिरेको थियो ।

अहिले कोशी माथि मानव बस्ती तल परेको कोशी क्षेत्रका स्थानिय पदम बहादुर सापकोटा बताउछन् । उनले कोशी सम्झौतामा भएको सहमती अनुसार भारतीय पक्षले बालुवा व्यवस्थित रुपमा नहटाउदा कोशी कनै बेला पनि फुट्न सक्ने बताए ।

Purbeli TV

तपाईको प्रतिक्रिया