सुनसरीको हरिनगरामा स्थानिय र प्रहरीबिच बिवाद, भिडियो खिचेको भन्दै एक पक्राउ

सुनसरी । सुनसरीको हरिनगरा गाँउपालिकामा भारतिय मल बिक्री गरेको बिषयमा प्रहरीले छापा मार्दा विवाद उत्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले हरिनगरा बजारमा छापा मारेको बिरोधमा व्यवसायी बिच विवाद भएको हो ।विवादको क्रममा प्रहरीले स्थानिय सुरेश पोदारलाई पक्राउ गरेपछि स्थानियहरुले प्रहरी र स्थानिय निकायको बिरोध गदै नाराबाजी गरेका थिए । पोदारलाई भने प्रहरीको भिडियो खिचेको आरोपमा पक्राउ गरिएको छ । पोदारले छापा मार्दा मोबाईलबाट प्रहरीको भिडियो खिचेका थिए । छापा मार्ने क्रममा प्रहरीले स्थानियको घर तोडफोड गरेपछि पोदारले फोटो र भिडियो खिचेको स्थानिय अन्सार आलमले जानकारी दिए ।

प्रहरीले तोडफोड गरेपछि स्थानिय तथा व्यवसायी आक्रोशित बनेका थिए । प्रहरीले घर तथा पसलहरुमा तोडफोड गर्दा पनि स्थानिय गाँउपालिका मुखदर्शक बनेको भन्दै हरिनगरा गाँउपालिका घेराउ समेत भएको छ ।  सो क्रममा प्रहरी र स्थानिय बिच सामान्य झडप समेत भएको आलमले बताए ।

यता गाँउपालिका अध्यक्ष गफार अन्सारीले भारतिय क्षेत्रबाट ल्याइएको मल नेपाली बोरामा हालेर बेचेको सुचनाको आधारमा प्रहरीले पसलहरुमा छापा मारेको बताए । आक्रोशित व्यवसायी तथा स्थानियहरुको समुहले गाँउपालिका घेराउ गदै तालाबन्दी गर्ने प्रयास भएपछि सामान्य विवाद भएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी राजन अधिकारीले भारतिय मल चोरी तस्करी गरि बिक्री गरेको आधारमा छापा मारिएको जानकारी दिए । पोदारले भने प्रहरीको काममा अबरोध गरेको र गाँउपालिकामा तालबन्दी गर्न उक्साएको आरोपमा उनलाई नियन्त्रणमा लिएको बताए । छापा मार्ने क्रममा प्रहरीले ८० बोरा मल समेत बरामद गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया