उत्तर कोरीयाको भ्रमण स्थगित गरेर भारत भ्रमणमा जाने प्रचण्डको निर्णय

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्तर कोरिया भ्रमणको कार्यक्रम स्थगित गरेर भारत भ्रमणमा जाने भएका छन् । प्रचण्डको सेप्टेम्बर ९ तारिखमा उत्तर कोरीया भ्रमण तालिका थियो । तर भ्रमण रोकेर यो तालिकामा भारत भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ । कोरियाली राजदूतावासले उत्तर कोरियाको राष्ट्रिय दिवस समारोहमा सहभागी हुन उत्तर कोरिया बाट अध्यक्ष प्रचण्डकै नेतृत्वको टोलीलाई भ्रमणको निम्तो आएको थियो ।

जाने भनेर तयारी पनि गरिएको थियो । तर अहिले सकिएन, अर्को कुनै अवसरमा आउँला भनेर भनिएको नेकपा स्रोतले बताएको छ । प्रचण्डको सट्टामा अरु कसैलाई पठाउने कि नपठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्ने नेकपाले बताएकाे छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया