सार्वजनिक सुरक्षासम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ / प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । मन्त्री थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरेकामा सो पनि स्वीकृत भएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिमाथि छलफल गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ १ गते अपराह्न १ बजे बस्नेछ ।

<h2><span style=”color: #ff0000;”>Purbeli TV</span></h2>

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/F-mgiNXD-Xw” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

<iframe width=”854″ height=”480″ src=”https://www.youtube.com/embed/6wj0tQ4_A20″ frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

तपाईको प्रतिक्रिया

Loading…