कोशीमा पाँच बर्षयता कै बढी मापन, ब्यारेजको थप ढोका खोल्न प्रशासनको आग्रह

सुनसरी । सप्तकोशी नदीका पाँच बर्ष यताकै सबै भन्दा बढी पानीको मापन गरिएको छ । बुधबार बिहान ११ बजे बराहक्षेत्रको मापन अनुसार कोशी नदीमा दुईलाख ७२ हजार ७५० क्युसेक पानी मापन गरिएको हो ।

यो मापन कोशी ब्यारेज भन्दा फरक भएपनि सबै भन्दा बढी संम्बेदनशिल मापन बराहक्षेत्रलाई मानिन्छ । ‘बिहान ११ बजेको मापन अत्याधिक हो’ स्थानिय एवम कोशी विज्ञ रबिन घिमिरेले भने ‘पानीको सतह बढेर राजावास आसपास पानी नदी भन्दा बाहिर आएको थियो’ । पानीको डिस्चार्ज यति धेरै भएपछि राजवास, बराहक्षेत्र र प्रकाशपुरका स्थानियहरु त्रसित बनेका थिए । तर १२ बजे यता पानीको डिस्चार्ज घटेर दुईलाख ५२ हजार क्युसेकमा घटेको घिमिरेले जानकारी दिए ।

पहाडी क्षेत्रमा बर्षात रोकिने र पर्ने भएकाले कोशीमा वहाव घट्ने बढ्ने क्रम जारी छ ।  घिमिरेका अनुसार बराहक्षेत्रको मापनलाई गम्भीर रुपले लिनुपर्छ, ब्यारेजको मापनले खासै असर पदैन । बराहक्षेत्रबाट बग्ने पानीको वहावले सुनसरीका भागमा कटान गर्ने भएकाले बराहक्षेत्रलाई संम्बेदनशिल मान्नु पर्छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले पनि बराहक्षेत्रमा पानीको वहाव बढेपछि ब्यारेजको ढोका खोल्न ब्यारेज कन्ट्रोल रुमलाई आग्रह गरेको छ । यता ब्यारेजको २ बजेको मापन अनुसार ब्यारेजबाट दुईलाख ५ हजार ३८० क्युसेक पानी डिस्चार्ज भइरहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया