खानेपानी टयांकीमा बिष देखी सिद्धकाली मुर्ति तोडफोड सम्म : यी हुन् अाज मंगलबार प्रकाशित भएका टप ७ समाचार, तपाईले छुटाउनु भयो कि ?

आज मंगलबार दिनभर पूर्वेलीन्यूजमा सयौं समाचारहरू पाेस्ट भए । ति मध्ये पाठकहरूले सबैभन्दा धेरै रुचाएका यी हुन् टप ७ समाचार । कतै तपाईले पढ्न छुटाउनु भयो कि ?

७) प्रदेशका डिआईजी रिजाल भन्छन् : हतियार सहित साधा पोसाकका प्रहरी परिचालन गरेका छौ ।

सुनसरी । विप्लव माओवदीले प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ परेको विरोधमा आहवान गरेको बन्दले प्रदेश एकमा खासै प्रभाव नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बन्दलाई लक्षित गरी झापाको गौरादहमा नक्कली बम पड्काएको बाहेक अहिलेसम्म प्रदेश एकको अवस्था सामान्य रहेको एक नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी केदार रिजालले जानकारी दिए …

६)  संखुवासभा सदरमुकाम खाँदबारी देखि अरुण तेस्रो प्रवेश मार्ग सम्म (२५ तस्बीरहरु)

संखुवासभा / सदरमुकाम खाँदबारी नगरपालिकाको छिमेकी चिचिला गाउँपालिका हो । संघीय संरचना अनुसार साबिक दिदिङ र मत्यपोखरी गाबिसबाट चिचिला गाउँपालिका बनाइएको छ । ९ ओटा वडा रहेको दिदिङ अहिले चिचिला गाउँपालिका १, २ र ३ नम्बर वडा रहेको छ । बहुप्रतिक्षित अरुण तेस्रो जलविद्युत परियोजनाको पावरहाउस निर्माण स्थल चिचिला ३ पुखुवामा पर्छ ।

त्यहाँसम्म पुग्न गत वर्षदेखि अरुण तेस्रो प्रवेश मार्गको रुपमा खाँदबारी र चिचिलाको सिमानामा पर्ने छ्याङ्कुटी देखि पुखुवासम्मको सडक निर्माण सुरु गरिएको छ । पुखुवा पुग्न अब ९ सय मिटर मात्र सडक निर्माण गर्नुपर्ने छ । तर यसबिचमा सडकले थुप्रै किसानको खेती योग्य जमिन, अन्न बाली र केहिलाई विस्थापित

५)  मनाङ एयरकाे हेलिकोप्टर पंखाले लागेर एकको मृत्यु

हुम्ला / हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु…

४ )  विप्लव माओवादीको नेपाल बन्द, बन्दका कारण बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधनहरु ठप्प

मोरङ । नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आयोजना गरेको नेपाल बन्दका कारण बिहानै देखि देशभरको जनजिवन प्रभावित भएको छ । बन्दलाईसफल पार्न विभिन्न १३ संगठनले संयुक्त रुपमा अपिल नै जारी गरेका छन ।  अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका अध्यक्ष अमर झाँक्री, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द…

३) संखुवासभा अरुण ३ निर्माणाण स्थलमा मजदुरको मृत्यु, काम ठप्प

संखुवासभा / संखुवासभामा निर्माणाधिन अरुण तेस्रो परियोजनामा काम गर्ने एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट जिल्ला खाँडाचक्र नगरपालिका १ का २६ वर्षीय केशव शाही रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । उनको सोमबार साँझ ५ः४० बजेको समयमा सुरुङ मार्ग अगाडी काम गरिरहेको अवस्थामा माथिबाट खसेको ढुङगा लागेर मृत्यू भएको प्रहरीले बताएको छ । सुरुङमार्ग ड्यामसाइड निर्माण स्थल नुमको प्mयाक्सिन्दामा रहेको छ । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । भने शवलाई बुधबार उनको गृह जिल्ला लैजाने तयारी …

२)  खानेपानी टयांकीमा बिष प्रकरण : २९ बिद्यार्थी बिरामी, २ गम्भिर (तस्विरहरू सहित)

मोरङ । खानेपानी पिउँदा मोरङको लेटाङ–९ जाँतेमा रहेको श्रीमाविमा अध्ययानरत २९ जना बिद्यार्थी बिरामी भएका छन भने २ जनाको अबस्था चिन्ताजनक रहेको छ ।

अज्ञात समूहले सोमबार राति खानेपानीको ट्याङ्कीमा साईफर मिथेन १० नामको बिष हालेका कारण पानी सेवन गरेका बिद्यार्थी बेहोस भएका छन । बालबालिकामा रिंगटा चल्ने,पेट पोल्ने,वान्ता हुने समस्या देखिएको बिद्यालयका शिक्षक खेमराज दुलालले जानकारी दिएका छन ।

१)  संखुवासभा चैनपुरमा अवस्थित सिद्धकाली मन्दिरकाे मुर्ति तोडफोड, घटनाको सत्य तथ्य बाहिर ल्याउन माग

संखुवासभा / संखुवासभाको चैनपुरमा रहेको चर्चित धार्मिक शक्तिपिठ सिद्धकालीको शीवको मन्दिर सोमबार बिहान तोडफोड भएको छ । शीव मन्दिरमा पूजा आरधना गर्न आएका भक्तजनले शिवको मुर्ति तोडफोड गरेर फ्याकिएको अवस्थामा देखेका थिए । मन्दिरको प्राङगणमा शिव लिङ्ग, घण्टीहरु, पूजा सामाग्री छरिएको र साढे (बसाह)को मुर्ती समेत भत्काएको स्थानीय…

Purbeli TV

तपाईको प्रतिक्रिया