अन्तर जातीय केटासँग प्रेम सम्बन्ध थाहा पाएपछि छोरीको हत्या गर्ने बाबुआमा सहित चार पक्राउ

बारा / एक किशोरीको हत्या आरोपमा बारा प्रहरीले उनका बाबुआमा सहित चार जनालाई नियन्त्रणमा लिएको छ। कलैया उपमहानगरपालिका ५ बस्ने १७ बर्षीया प्रियंका मिश्राको हत्यामा परिवारकै संलग्नता रहेका अनुसन्धानबाट खुल्न आएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले बताएको छ। मिश्राको हत्या आरोपमा उनका बाबु बृजशिकोर मिश्र, आमा पुष्पा देवी मिश्रा, काकाहरु रामनाथ मिश्रा र हरीकिशोर मिश्रालाई नियन्त्रणमा लिइएको बाराका प्रहरी उपरीक्षक मिरा चौधरीले बताइन।

मिश्राको मृत्युको अनुसन्धान गर्दा उनको मृत्यु भन्दा हत्या भएको र पक्राउ परेका चारै जनाको त्यसमा प्रत्यक्ष संलग्नता रहेको खुल्न आएको चौधरीले बताईन्। अन्तर जातीय केटासँग प्रेम सम्बन्धमा रहेको कुरा थाहा पाएपछि परिवारका सदस्यहरुलेनै उनको हत्या गरेको हुन सक्ने प्रहरी अनुमान छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया