उदयपुर घरेलु तथा साना उद्योगबाट उद्यमीको नाममा लाखौं रकम अनियमितता

उदयपुर / उदयपुरको घरेलु तथा साना उद्योग विकास समिति भ्रष्टचार गर्ने अखडा बनेको छ । नेपाल सरकार र युएनडिपीको सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति कार्यलय उदयपुर मार्फत गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरुमा लाखौं रकम अनियमितता भएको रहस्य खुलासा भएको छ ।

गत आर्थिक वर्ष ०७४÷०७५ मा लघु उद्यम विकास कार्यक्रम (मेडेप)को सहयोगमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत १ सय ७० जना उद्यमीहरुको स्त्तरोन्नती कार्यक्रम मध्येका एक बोका वितरण कार्यक्रममा काल्पनिक नामहरु समावेश गरेर कार्यक्रम संचालन गरेर ४ लाख भन्दा बढी रकम अनियमितता गरेको रहस्य खुलेको छ । लघु, घरेलु तथा साना उद्यमी प्रविधि (मेसिन, उपकरण) खरिदमा करिव २० लाख भन्दा बढीको कमसल सामान खरिद गरेर ५१ जना उद्यमीहरुलाई वितरण गरेको रहस्य समेत खुलेको छ । उद्यमीहरुको स्तरोन्नती कार्यक्रममा सेवा प्रदायक संस्था जीवनका लागि सृजनशील विकास, (आइडिया) नेपाल सप्तरी मार्फत संचालन भएको थियो ।

त्रियुगा नगरपालिका वडा नं. ३ र वडा नं. ६ मा ३० जना काल्पनिक व्यक्तिहरु खडा गरेर उद्यमीहरुको उत्तरोन्नती कार्यक्रमको रकम हिनामिना गरेको छ ।
त्रियुगा नगरपालिका वडा नं. ३ का लाल बहादुर राई, कुन्ती मगर, संगिता परियार लगायत १८ जना काल्पनिक व्यक्तिहरु खडा गरेर लाखौ रकम हिनामिना गरेको छ । त्रियुगा नगरपालिका ३ मा कुनै पनि उद्यमीहरुको विवरण नभएको वडा अध्यक्ष अवधेशप्रसाद चौधरीले बताए । उनका अनुसार सिलाई कटाई सम्बन्धीको तालिम भएकोले म आफै प्रमाण पत्र वितरण कार्यक्रममा सहभागी भएको छु तर, घरेलु तथा साना उद्योग विकास समिति, मेडेप र आइडिया नेपालले जमुनापारी बोका वितरण गरेको आफुलाई र वडाका कुनै सदस्यलाई जानकारी नभएको बताए ।

यस्तै त्रियुगा नगरपालिका वडा नं. ६ मा समेत १२ जना काल्पनिक व्यक्तिहरु खडा गरेर प्रत्येकलाई एक एक वटा जमुनापारी बोका वितरण गरेको भनि लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय कार्याक्रम सहयोग कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस विषयमा त्रियुगा नगरपालिका वडा नं. ६ का वडा सदस्य जयराम पंजियारसंग सम्पर्क गर्दा घरेलु तथा साना उद्योग विकास समिति, मेडेप र आइडिया नेपालले आफ्नो वडाका १२ जनालाई जमुनापारी बोका वितरण गरेको आफुलाई थाह नभएको बताए ।

यसै विषयमा मेडेपका जिल्ला संयोजक इश्वरी गौतमसंग फोनमा सम्पर्क गर्दा आफुहरुले सन् २०१८ जुलाईसम्म कार्यक्रम रहेको र कार्यक्रमको सम्पूर्ण विल भपाई घरेलु तथा साना उद्योग विकास समिति कार्यालय र आइडिया नेपालसंग हुने बताए ।

यसै विषयमा साँझेदार संस्था आइडिया नेपालका अध्यक्ष संजीप चौधरीलाई सम्पर्क गर्दा कति वटा खरिद गरेको कतिमा खरिद गरेको विल हेर्नु पर्ने जवाफ दिए । यस विषयमा घरेलु तथा साना उद्योग विकास समिति कार्यालय उदयपुरका लेखा अधिकृत तथा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठसंग बुझदा सरदर सात सय प्रतिकेजीको दरले १५–२० किलोको बोका ल्याएर उद्यमीहरुलाई वितरण गर्ने गरेको बताए । त्यसमा गाडी भाडा र मूल्य अभिवृद्धि कर सहित गर्दा १५ हजार जतिसम्म पर्ने बताए ।

सरदर १५ हजारको दरका ३० वटा जमुनापारी बोकाको अन्दाजी मूल्य ४ लाख ५० हजार रुपैया हुन आउँछ । यी एउटा उदाहरण मात्र हुन घरेलु तथा साना उद्योग विकास समिति कार्यालयले लघु, घरेलु तथा साना उद्यमी प्रविधि (मेसिन, उपकरण) खरिदमा करिव २० लाख भन्दा बढीको कमसल सामान खरिद गरेर ५१ जना उद्यमीहरुलाई वितरण गरेको छ । उद्यमीहरुलाई ८० प्रतिशत छुट दिने भनिएपनि बजारमा पाउने उपकरण भन्दा कमसल खालको उपकरण दिने गरेको निनी दालमोठ भुजिया उद्योगका संचालक दुर्गा दनुवावरले बताईन् । उनले भनिन्– ‘कार्यक्रमहरु पहिले नै सम्पन्न गरेर विल फर्छौट गरेको, सामान खरिदमा उद्यमीले खरिद नगरेर कार्यालयले खरिद गरेर दिने गरेको, उपकरकण बजार भाउँ भन्दा महंगोमा खरिद गरेको भन्दै उद्यमीहरुलाई नक्कली सामान दिएको छ ।’ उनका अनुसार पिठो घुल्ने मेसिन भनेर अण्डा घोल्ने मेसिन दिएको बताईन् ।

यस्तै घरेलुले सिलाई कटाई, व्युटी पार्लर तालिम, ड्राइभिङ्ग तालिम, दालमोठ भुजिया तालिम, मुढा बनाउने तालिम लगायतको तालिममा समेत अनियमितता गरेको उद्यमीहरुको आरोप रहेको छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने चौधरी पूर्वेली न्युजका उदयपुर सहकर्मी हुनुहुन्छ ।

सुखिलाल चौधरीबाट थप

नेपाली पत्रकारितामा दिगो र खोज पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ

उदयपुर सिमेन्टको धुलो नियन्त्रणले वातावरण स्वच्छ बन्दै, स्थानीको गुनासो समाधान, हुन थाले स्वच्छ सफा तरकारी उत्पादन

पीडित र टिफर संचालक विचको वार्ता असफल : मृतकको दाह संस्कार भएन

उदयपुरमा मोटरसाईकल दुर्घटना : एकको मृत्यु, एक गम्भिर

ओभरलोड बोक्ने ट्रिफरको चुन ढुंगा खसाल्यो

एल्जिनाको शब आफन्तले बुझे, दुई जना हत्याराको भयाे पहिचान

एल्जिना हत्या प्रकरण : अनुसन्धान अन्तिम चरणमा, हत्यारा सार्वजनिक गर्ने तयारी

एल्जिना हत्या प्रकरण : थप एक जना पक्राउ

उदयपुरमा ट्रयाक्टर दुर्घटनामा तीनको मृत्यु, दुई जनाको अवस्था चिन्ताजनक, ३६ घाइते

उदयपुरमा विद्युत सर्टबाट आगलागी हुँदा २२ लाखको क्षति

तपाईको प्रतिक्रिया