नहरले कलिला २ नातिनातिना निलेपछि यसरी भक्कानिईन हजुरआमा (भिडियाे सहित)

इटहरी । नहरमा डुबेर मृत्यु भएका दिदीभाई सिर्जना र अश्विनको घर पुग्दा हजुरआमा ज्ञानु कुमारी खड्का गहँभरी आशु पारी दलनमा टोलाई रहेकी थिईन । भन्दै थिईन ‘मेरा नातिनातिना कहाँ गए ? के गर्दै होलान ? फर्किएर पो आउछन् कि ?’ ।

आफुलाई दोषी देखाउदै ज्ञानुले भनिन ‘उनीहरुलाई घरमा एक्लै छाडेर म खेत जानु हुदैन थियो’ । मंगलबार धान गोड्न भनि छोरो दिनेश र आफु बिहानै खेत गएको उनले बताईन । बिहान खाना खाएको भाडा माझेर घरवरिपरी नै खेल्न भनेर हजुरआमा ज्ञानुले नातिनातिनालाई अराएकी थिइन । एक्कासी खेतमा हुदै दिदीभाई नहरमा डुबेर वेपक्ता भएको खबर सुन्न साथ हिलाम्मे कपडामा घर आएका थिए दुवैजना ।

वेपक्ता भएको ५ घण्टा पछि मात्र नहरको होमपाईप भित्र नातिनातिनाको शव भेटिएपछि स्तब्ध भएकी ज्ञानुले फेरी भनिन ‘आज म खेत नगएको भए मेरा नातिनातिना जोगिन्थे’ । ‘हे भगवान यो के लिला हो तिम्रो ? कोपिला जस्ता मेरा नातिनातिना कहाँ लाग्यो तिमिले ? भन्दै भक्कानिरहिन ६५ बर्षिय हजुरआमा ज्ञानु कुमारी ।

तिन बर्ष अघि जन्मदिने आमा अर्काेसँग भागेपछि छोरो र आफुसँग हुर्किएका सिर्जना र अश्विन पदाईमा निकै अब्बल थिए । सिक्किमबाट बसाई सरेर सुनसरी मोरङ सिचाई आयोजनाको नहर छेउमा एउटा कटेरो हालेर विगत दुई बर्षदेखि खड्का परिवार यहाँ रहदै आएका थिए ।

ज्याला मञ्जदुरी गरी कमाउने परिवारको एउटै भरोसाको रुपमा रहेको सन्तान नै नास भएपछि दिनेशको आँखा अझै ओभाएको छैन । श्रीमतीले बिच बाटोमा छाडेपछि छोराछोरीको पालन पोषनमा साईटमा गएर दिनको ३/४ सय रुपयौ कमाउने दिनेशसँग अहिले छोराछोरीको काजक्रिया गर्नलाई पैसा समेत छैन ।

आमाले दिएको ११ सय लिएर दिनेश जिल्ला अस्पताल इनरुवा जाने तयारीमा थिए । अस्पतालबाट सिधै सुनसरी खोलामा छोराछोरीको अन्त्येष्टि गर्ने खड्का परिवारको योजना छ ।

‘पैसा छैन, घरमा खान लाउन मस्किल छ के गर्ने हो अब’ ? भन्दै थिइन हजुरआमा ज्ञानु । बुढेसकालमा आफुलाई लानुपर्ने ठाँउमा कलिला मुटुका टुक्रा जस्ता नातिनातिनालाई लग्दा कस्लाई पो पिडा हुदैन र ? ‘खोला नजिकको जिन्दगी जिउन कति धेरै मुस्किल छ,’ ज्ञानुले भनिन् ‘त्यसमा पनि गरिबको घरमा यति ठुलो विपत्ती किन आउछ हजुर’ ? उनले प्रश्न गरिन ।

सिर्जना ११ बर्षकी थिइन भने अश्विन ९ बर्षका थिए । उनिहरु स्थानिय सिगिंया माबिको कक्षा ४ र २ मा अध्यनरत थिए ।

याे पनि पढ्नुहाेस्

५ घण्टाकाे अथक प्रयास पछी गाेताखाेर टाेलीले यसरी भेट्टायाे दिदीभाईको शव (१७ तस्विरहरू)

Purbeli TV

तपाईको प्रतिक्रिया